
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं-३ स्थित श्री माध्यमिक बिद्यालय बन्जारेगाउँले आफ्ना उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले देखाएको उत्कृष्टताको मुल्याँकन गर्दै बिद्यालयले एक कार्यक्रमकाबीच त्यस्ता बिद्यार्थीहरुलाई पुरस्कृत गरेको हो ।
बिद्यालय अवधीभर बिद्यालयमा रहँदा राम्रो काम, राम्रो पढाई, असल आचारण तथा व्यवहार र अध्ययनमा उत्कृष्टता देखाएकाहरुलाई पुरस्कृत गरिएको बिद्यालयका प्रधानाध्यापक आदित्य बर्माले जानकारी दिनुभयो ।
पछिल्लो केही वर्षदेखि माध्यमिक कक्षा संचालन गरिरहेको बिद्यालयले बिद्यार्थीहरुको हौसला बढाउन यस्तो कार्य जरुरी रहेको भन्दै सहभागिता र प्रेरणालाई जोड दिएको छ ।
बिद्यालयमै एक कार्यक्रमको आयोजना गरि कक्षा १, २ र ३ मा वार्षिक परीक्षा २०७९ मा कक्षामा प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने बिद्यार्थी, बिद्यालयमा प्रथम, द्वितिय, तृतिय स्थान प्राप्त गर्ने, सबै भन्दा बढि दिन बिद्यालयमा उपस्थित हुने र सरसफाइमा सबै भन्दा ध्यान दिने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरेको छ ।
पुरस्कार बितरण समारोहमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतराम बर्मा र बिद्यालयमा कार्यरत शिक्षकहरुको उपस्थिति रहेको थियो ।








