
नेपालगन्ज । जनमत अद्र्ध साप्ताहिक, नेपालगन्ज र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेको संयुक्त आयोजनामा त्रैमासिक रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
शुक्रवार भएको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, शिक्षक, खेलाडी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका हुन् ।
चम्पालाल बोथरा, नेपाल स्वयम्सेवी रक्तदाता समाज केन्द्रीय सदस्य गोविन्द वाग्ले, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, र जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिता कुमाईलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु भएको थियो ।
जनमतको रजत वर्ष-२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ५६ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रीय सदस्य वाग्ले, प्रतिष्ठित उद्योगपति तथा समाजसेवी बोथरा, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके अध्यक्ष शाह, उपाध्यक्ष मन बहादुर केसी “निशान”, समाजका कार्यसमिति सदस्य होमराज गिरी, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनाल, दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरे र दलित महिला संघ (फेडो) की प्रतिभा गुर्तालको जन्मदिन परेको अवसरमा रक्तदान गर्नुभएको हो ।
कार्यक्रम संयोजक पवन जायसवालका अनुसार नियमित रक्तदाताहरु नीरजमान श्रेष्ठ, अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्र, बाँके जिल्ला अध्यक्ष प्रहलाद विश्वकर्मा, राम सुहावन सोनकर, उर्दू साहित्यकार असफाक संघर्ष ताविस, सुश्री स्मारिका श्रेष्ठ, सुश्री स्वेता विष्ट, शिक्षिका धर्मेन्द्र सिंह, राजितराम यादव, जवाहरलाल वर्मा, रिसमान चौधरी, सञ्जय भण्डारी, राम गोपाल कुर्मी, सञ्जय बढही, उद्धवराज गुरुङ्ग, प्रितम केसी, जितेन्द्र राँढ, राजेश कुमार ओली, ओमकार वर्मा, गोविन्द नाउँ, विकास वर्माले रक्तदान दिनुभएको थियो ।
यस्तै कञ्चन बिसी, देवेन्द्र कुमार यादव, सुनिल कुमार साहू, विजय प्रसाद मुराऊ, ओमराज डाँगी, धमेन्द्र कुमार वर्मा, गौतम प्रसाद तमोली, घनश्याम चौहान, प्रदीप वर्मा, चौरसिया समाज बाँकेका तिरथराम तमोली, दिनेश प्रसाद तमोली, विनोद कुमार तमोली, पप्पु तमोली, राष्ट्रिय खेलकुद परिषद्का राजेश शाक्य, अशोक कुमार मौर्या, अजय मौर्या, हिरालाल मौर्या, प्रकाश थापा, लवराज खरेल, पँकिता सिंह, लगायत ५१ जनाले रक्तदान गर्नु भएको हो ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख रेग्मीको नेतृत्वमा सोम प्रसाद सापकोटा, होमराज गिरी, सुनिल थापा मगर, सञ्जय बढही, सुनिता कुमाई, पुनम थापामगर, केशर सिंह डाँगीले प्राविधिकमा र अन्यमा निखिल जायसवालले रक्तदान कार्यक्रममा सहयोग गर्नु भएको थियो ।
२०६३ वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५६ औं श्रृङ्खलासम्म करिब तीन हजार पिन्ट भन्दा बढी स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।
स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुन सक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ ।
त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साताभित्र तयार हुने भएकोले हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।
यस्तै कार्यक्रममा प्रतिष्ठित उद्योगपति तथा समाजसेवी बोथरालाई रक्तदानको अभियानमा सद्भाव प्रदर्शन गर्नुभएकोमा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके अध्यक्ष दिला शाह र सल्लाहकार पूर्णलाल चुकेले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा सल्लाहकारद्वय पवन जायसवाल, समाजसेवी माधवराम वर्मा, कोषाध्यक्ष मन मोहन वर्मा, निलम शर्मा लगायतको सहभागिता रहेको थियो ।





