एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ जरिबाना

एजेन्सी । भारतको उड्डयन नियामक निकायले एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ ९३६ हजार ४ सय ९६ अमेरिकी डलर० जरिबाना गरेको छ ।

भारतीय एअरलाइन्स एअर इन्डियाका विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो । भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले गएको फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो ।

डीजीसीएले पाइलटको लाइसेन्स पनि तीन महिनाका लागि निलम्बन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Previous articleउत्कृष्ट बिद्यार्थी पुरस्कृत
Next articleगुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि अभिभावकको भूमिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here