मिस्टर एण्ड मिस एस.ई.ई.को अडिसनबाट १४ जना छनोट

नेपालगञ्ज । नेपालगञ्ज हुन लागेको मिस्टर एण्ड मिस एस.ई.ई.को अडिसनबाट १४ जना छनोट भएका छन् ।

शनिबार नेपालगञ्जमा भएको अडिसनबाट तीन जना पुरुष र ११ जना महिला छनोट भएका हुन ।

पिके इभेन्ट्स प्रालीको आयोजनामा मिष्टर एण्ड मिस एस.ई.ई दोस्रो संस्करण शनिबारदेखि शुरु भएको छ ।

इभेन्ट्सलाई ब्राण्डीङ गर्दै लैजाने योजनाका साथ दोस्रो संस्करणको अडिसनका लागि ५२ जनाले सहभागिता जनाएको प्रालीका अध्यक्ष प्रकाश कुँवरले जानकारी दिनुभयो ।

यो प्रतिस्पर्धामा भर्खरै यस वर्ष एस.ई.ई दिएको विद्यार्थीहरुले सहभागिता जनाउन पाउँछन् ।

दोस्रो संस्करणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको विजेता सेन्जल पौडेलले गर्दै हुनुहुन्छ ।

प्रतिस्पर्धाको दौरान सहभागिहरुलाई वाकिङ, फोटो सुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।

विजेताले छात्रवृत्ति र आयोजक पिके इभेन्ट्सको ब्रान्ड एम्बेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछ ।

यसैगरी अन्य विभिन्न विधाका विजेतालाई आर्कषक पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

Previous articleबुहारीको हत्या आरोपमा सासू-ससुरासहित तीन जना पक्राउ
Next articleनेपालगञ्जका चोकहरुमा ‘अत्याधुनिक ट्राफिक लाइट’ लाग्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here