लेनदेन मुद्दामा फरार नेपालगञ्जका एक जना पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले लेनदेन मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लेनदेन मुद्दामा फरार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ का ४५ वर्षीय राजेन्द्र जैसवार कुर्मी पक्राउ परेका हुन ।

कुर्मीलाई बाँके जिल्ला अदालतले मिति २०७९ माघ १३ गते सुनाएको फैसलाले लेनदेन मुद्दामा बिगो बापत १ बर्ष कैद सजाए सुनाएको थियो ।

फरार कुर्मीलाई बाँकेको प्रहरी टोलीले मिति २०८० असार २८ गते पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

Previous articleस्वास्थ्यकर्मीका लागि तीन दिने तालिम शुरु
Next articleबिवाह उत्सवमा बस्नेत दम्पतीद्वारा औषधी तथा फिल्टर प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here