बिवाह उत्सवमा बस्नेत दम्पतीद्वारा औषधी तथा फिल्टर प्रदान

नेपालगञ्ज । नेपालगन्जका एक दम्पतीले आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा मानव सेवा आश्रममा फिल्टर जडान लगायत का कार्य गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा न-४ गणेशपुर निवासी जागेश्वर बस्नेत र संगम रावत बैरागी बस्नेत दम्पतीले मंगलबार आफ्नो १२ औं वर्षगाँठको अवसरमा आश्रममा रहेकाहरुका लागि औषधी, फिल्टर, मिष्ठान र कपडा सहयोग गर्नुभएको छ ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक बस्नेतले सामाजिक कार्य गर्नुपर्ने सोंचका साथ आफुले सहयोग स्वरूप फिल्टर लगायतका कुराहरु आवश्यक भएकालाई दिनुपर्छ भनेर गरिएको बताउनुभयो ।

‘सानैदेखि सामाजिक कार्य गर्ने ईच्छा छ’ बस्नेतले भन्नुभयो, ‘मानव जाति सबैले समाजमा आवश्यक भएकाहरुलाई सानो भएनि सहयोग गर्नुपर्छ ।’ बस्नेत दम्पतीले आश्रमलाई आठ हजार बराबरको औषधी, २४ हजार बराबरको फिल्टर र केही कपडाहरु सहयोग प्रदान गरेको हो ।

आश्रममा हाल रहेका ४५ जना बृद्धबृद्धाहरुमध्ये ४० जना मानसिक समस्याले ग्रसित छन् । उत्सवका अवसरमा गरिएको कार्यक्रममा मानवता नेपालकाकी सुमन गिरी, केपी घिमिरे, नरेश श्रेष्ठ र लभकुश यादवको उपस्थिति रहेको थियो ।

बस्नेत दम्पतीले बिवाह उत्सवका अवसरमा प्रत्येक वर्ष यसरी नै समाजिक कार्य गर्दै आउनुभएको छ । बस्नेत कोराना महामारीका बेला नेपालगञ्जमा कोरोना नियन्त्रण कार्यमा सक्रिय रुपमा खटिनुभएको थियो ।

Previous articleलेनदेन मुद्दामा फरार नेपालगञ्जका एक जना पक्राउ
Next articleमहिला र पुरुषको पुरस्कार बराबर हुने आईसीसीको घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here