२५ लाख रुपैयाँ राशीको पत्रकारिता पुरस्कार घोषणा

काठमाण्डौं । बारबरा फाउन्डेसनले २५ लाख रुपैयाँ राशीको पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै फाउन्डेसनकी महासचिव मोहना अन्सारीले हरेक २ वर्षमा खोजमूलक पत्रकारिताका लागि पुरस्कार दिइने जानकारी दिनुभयो ।

‘हरेक २ वर्षको अन्तरमा प्रदान गरिने पुरस्कारको राशी २५ लाख रुपैयाँको रहेन र यसमा १५ लाख, ७ लाख र ३ लाख रुपैयाँ राशीका पुरस्कार प्रदान गरिने भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पुरस्कारमा जोडिएको मुद्दाले नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमै परिवर्तन ल्याउन सक्ने वा प्रभाव देखाउन सक्ने तहको सान्दर्भिक सोधरखोजलाई प्रश्रय दिएको हुनुपर्नेछ।’

पहिलो पटकको पुरस्कार २०७९ वैशाखदेखि २०८० चैतसम्म प्रकाशन भएका समाचाररसामग्रीलाई प्रदान गरिने छ । पहिलो पुरस्कार २०८१ वैशाख २१ मा प्रदान गरिनेछ । पुरस्कारका लागि २०८० चैतसम्म आवेदन दिनुपर्नेछ ।

‘फाउन्डेसनले यो पुरस्कारका अतिरिक्त आगामी भदौ महिनामा जनही अढाइ लाख रुपैयाँका दरमा ४ वटा (कुल १० लाख रुपैयाँ) को भिन्न चार विषयअन्तर्गत पत्रकारिता फेलोसिपको समेत घोषणा गर्ने भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गैर-सरकारी र गैर-नाफामूलक स्वायत्त संस्था बारबरा फाउन्डेसन २०६७ सालमा स्थापना भएको हो । पत्रकार तथा सामाजिक अभियन्ता बारबरा एडम्सको पहलमा स्थापित फाउन्डेसनले विभिन्न सामाजिक, शैक्षिक र स्वास्थ्य मामलाका मुद्दामा अन्तर्सम्वाद तथा कल्याणकारी अभियानहरू सञ्चालन गर्दै आएको छ ।

Previous articleमहिला र पुरुषको पुरस्कार बराबर हुने आईसीसीको घोषणा
Next article२० लाख रुपैयाँसहित नेपालगञ्जका एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here