
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ ।
दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो ।
यस निर्णयपछि अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर हुनेछ । आईसीसी अध्यक्ष ग्रेग बार्कलेले यो महत्वपूर्ण क्षण भएको बताउनुभएको छ ।
‘पुरस्कार राशी समान बनाउने प्रयास स्वरुप २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको उहाँले बताउनुभयो । अब आईसीसी महिला विश्वकप, महिला टी(२० विश्वकप र यू(१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उहाँले बताउनुभयो ।





