२० लाख रुपैयाँसहित नेपालगञ्जका एक जना पक्राउ

नेपालगञ्ज । श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित नेपालगञ्जका एक जना पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१५ स्थित जमुनाहाको शर्मा गल्लीबाट नेपालगञ्ज आउँदै गरेका नेपालगञ्ज-१६ जयसपुरका २० वर्षीय सोहेल कुरेशीलाई नेपाली २० लाख रुपैयाँसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्रको टोलीले बिहीबार भारतीय बजार रुपइडिहाबाट मोटरसाइकलको पछाडि बसेर नेपाल आउन लागेका कुरेशीलाई चेकजाँच गर्ने क्रममा नेपाली रुपैया बरामद भएपछि नियन्त्रणमा लिएको थियो ।

कुरेशीलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक भने भारततर्फ फरार भएको सशस्त्र प्रहरी जमुनाहा बिओपीले जनाएको छ । कुरेशीलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार पठाइएको छ ।

Previous article२५ लाख रुपैयाँ राशीको पत्रकारिता पुरस्कार घोषणा
Next articleनेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here