नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्वअध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक परेको छ । उहाँका पुजनीय पिता डम्बरराज सुवेदीको शुक्रबार उपचारका क्रममा निधन भएको छ ।

उहाँको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको हो । यसैबीच नेपाल पत्रकार महासंघ बाँके शाखाले सुवेदीका पिता डम्बरराज सुबेदीको निधन घट्नाप्रति दुःख व्यक्त गरेको छ ।

महासंघ बाँके शाखाले एक बिज्ञप्ति जारी गर्दै सुवेदीका बुबा स्वर्गीय डम्बरराजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ ।

Previous article२० लाख रुपैयाँसहित नेपालगञ्जका एक जना पक्राउ
Next articleनेपाल शारीरिक सुगठन संघकाे बैठक : विभिन्न निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here