नेपाल शारीरिक सुगठन संघकाे बैठक : विभिन्न निर्णय

नेपालगन्ज । नेपाल शारीरिक सुगठन संघ बाँके जिल्ला तदर्थ समितिले विभिन्न निर्णय गरेकाे छ । अध्यक्ष रचना श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेकाे समितिकाे बैठले विभिन्न निर्णय गरेकाे हाे ।

बैठकले बाँके जिल्लाका फिटनेश क्लबहरूको तथ्याँक संकलन गर्ने निर्णय गरेकाे छ ।

लक्ष्मण क्लबका संचालक लक्ष्मण के.सी, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष मनोज श्रेष्ठ, ॐ फिटनेश कलबका संचालक लबराज श्रेष्ठ, बाँके शरिरिक सुगठन लुम्बिनी प्रदेशका कोषाध्यक्ष हुकुम केसीकाे उपस्थितिमा बसेकाे बैठकले जिल्ला छिट्टै शारीरिक सुगठन प्रतियोगिता गर्ने निर्णय गरेकाे छ ।

अध्यक्ष श्रेष्ठले अहिलेको कार्यसमिति सक्रिय रहेकोले काम गर्न सहज हुने बिश्वास गर्दै जिल्लामा शारीरिक सुगठन प्रतियोगिता छिटै गर्ने तयारी थालेकाे जानकारी दिनुभयो ।

बाँकेमा दुई वर्ष अघि शारिरिक सुगठन मेयर कप प्रतियोगिता समपन्न भएको थियो । प्रतियोगिताको उपाधि नेपालगंज वडा नम्बर २ का इमेक्स श्रेष्ठले जित्नुभएकाे थियाे ।

तदर्थ समितिले सल्लाहकारमा पुर्ब मन्त्री सुरेन्द्र हमाल, लबराज श्रेष्ठ, मनोज श्रेष्ठ, हुकुम केसी, अबदुल वाहिद मन्सुरीलाई चयन गरेको छ ।

Previous articleनेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक
Next articleभेरीका नवनियुक्त अध्यक्ष शाहलाई स्वास्थ्यकर्मी संघले गर्याे स्वागतसंगै सुझाव प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here