
नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड निःशुल्क गर्न परिपत्र गरेको छ ।
मन्त्रालयले स्थानीय, प्रादेशिक र संघीय स्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई १० प्रतिशत बेड निःशुल्क गर्न परिपत्र गरेको हो ।
केही अस्पतालहरूले गरिब, विपन्न लगायतलाई निःशुल्क बेड दिन थालिसकेको मन्त्रालयले जनाएको छ । १६ वटा अस्पतालले निःशुल्क बेड दिएको छ ।
ती अस्पतालले अहिलेसम्म ३ हजार ५ सय २३ बेड निःशुल्क गरिसकेको छ ।
भेरी अस्पतालले ५० वटा बेड निःशुल्क उपलब्ध गराएको छ भने अन्य अस्पतालहरुले समेत निःशुल्क बेड छुट्याएका छन् ।






