सम्झनामा डम्बर सर !

बाँके जिल्लाको शैक्षिक इतिहासको एक खम्बा डम्बरराज सुुबेदी मिति २०८० अषाढ २९ गते दिनको १२ः२० मा नेपालगंज मेडिकल कलेजको बेड नं……को भेन्टीलेटरको चालमा आएको परिवर्तनसंगै सधाको लागि ढल्यो । एक हप्तादेखि उपचाररत रहनुुभएका उहाँ हजारौँ शिक्षकहरुको ठिक भएर घर फर्कने आसामा २९ गते दिनको १२ः२० मा ग्रहण लाग्यो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका सदस्य लगायत सम्पुुर्ण शिक्षकहरु तथा अन्य सामाजिक संस्थाका व्यक्तिहरुको आसामा तुुसारापात भयोे । सिघ्र स्वास्थ लाभको कामना गर्ने हातहरु हार्दिक श्रद्धान्जली लेख्न वाध्य भए ।

हो डम्बरराज सुुबेदी बाँकेबासी शिक्षकहरुको आस्थाको धरोहर हुुनुुहुुन्थ्यो । कास्की जिल्लामा २००४ साल माघ २६ मा जन्म भई एल एल सीसम्मको अध्ययन पश्चात बाँकेलाई कर्मथलो बनाउनुुु भएका डम्बर सरले शिक्षण पेशालाई आफ्नो रोजाइ बनाई एक असल शिक्षक मात्र नभएर नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको ७ औ र ८ औ अधिबेसनबाट दुुई कार्यकाल जिल्ला अध्यक्षको पदमा रहि संगठनको सांगठनिक अवस्था सुुधार तथा पेशागत हकहितका लागि इमानदार प्रयत्न गर्नुु भएका कारण बाँके जिल्लाका नयाँ तथा पुुरानो पुुस्ताका शिक्षकहरुमाझ इमानदार शिक्षक नेताको छबि बनाउन सफल रहनुु भयो ।

उहाँ पेशागतरुपमा असल शिक्षक र सफल शिक्षक नेता मात्र होइन पारिवारिक रुपमा पनि एक असल तथा सफल व्यवस्थापक हुुनुुहुुन्थ्यो । बि.सं. २०५० सालमा आफ्नी श्रीमतीलाई सधैका लागि गुुमाउनुु भएका डम्बर सरले आफ्ना ३ छोरा र १ छोरीलाई समेत असल शिक्षा दिक्षा प्रदान गरि तीन जना छोरा छोरीलाई समेत शिक्षा क्षेत्रमै लाग्ने प्रेरणा दिनुुभयो र छोरा बामदेव सुुवेदी माध्यमिक तह द्धितिय श्रेणी शिक्षकको रुपमा धम्बोझी मा.वि.को प्रधानाध्यापक हुुनुुहुुन्छ भने छोरी सिता सुुवेदी माध्यमिक तहको शिक्षक र कान्छा छोरा गुुरु प्रसाद सुुबेदी पनि शैक्षिक संस्थामा संलग्न हुुनु्हु्न्छ ।

जेष्ठ छोरा रुद्र सुुबेदी पनि राष्ट्रियस्तरमै प्रतिष्ठित पत्रकार हुुनुुहुुन्छ । यसरी युुवा अवस्थामै पत्नी वियोग भोगेर पनि आफ्ना छोरा छोरीलाई एक असल बाबुुका रुपमा प्रभावकारी भुुमिका खेल्नुु भएका डम्बर सर सबैका लागि अनुुकरणीय व्यक्तित्व हुुनुुहुुन्थ्यो ।

अदभुत सक्रियताका प्रतिमुुर्ती
सामान्यतया सेवा निवृत जीवन भनेको आराम गर्ने, धर्म कर्म गर्ने समय भनेर बुुझ्दछौ तर डम्बर सरको सवालमा यो भनाई मिल्दैन । आफुु निवृत्त भएपछि आफ्नै पहलमा बाँके जिल्लामा शिक्षक हित बचत तथा क्रृण सहकारीको संस्थापक अध्यक्ष बनेर स्थपना गरि आफ्नै सकृयतामा हालसम्म तेस्रो पटक अध्यक्ष पदमा सेवारत हुुनुुहु्न्थ्यो ।

हाल शिक्षक सहकारीका शेयर सदस्य संख्या २६० पुग्नुुमा समेत उहाँको सक्रियता महत्वपुुर्ण छ । डम्बर सर कास्की सेवा समाजको समेत संस्थापक अध्यक्ष हुुनुुहुुन्थ्यो भने हाल संरक्षकको भुुमिकामा रहनुु भएको थियो । उहाँ राजनीतिक रुपमा समेत सक्रिय हुुनुुहुुन्थ्यो । उहाँ हाल नेकपा एमालेको लुुम्बिनी प्रदेश कमिटी सदस्य हुुनुुहुुन्थ्यो । सामाजिक कार्यमा अत्यन्त सक्रिय डम्बरराज सुुबेदी सर आफ्नो जीवनको अन्तिम अवस्थामासमेत दर्जन बढी सामाजिक संस्थामा संलग्न हुुनुुहुुन्थ्यो ।बेदाग व्यक्तित्व
बाँके जिल्लाको शैक्षिक पेशागत नेतृत्व दुई कार्यकाल ने.रा.शि.संको अध्यक्ष तथा २०६९ देखि निरन्तर शिक्षक सहकारीको अध्यक्ष रहँदासमेत उहाँले आर्जन गरेको सबैभन्दा महत्वपुुर्ण सम्पति भनेको आर्थिकरुपमा पारदर्शीता र इमानदारिता नै हो । उहाँ आर्थिकरुपमा कति बेदाग हुुनुुहुुन्थ्यो भन्ने तथ्य उहाँको अन्त्यष्टिमा लामबद्ध उहाँका समकक्षी तथा नयाँ पुुस्ताका शिक्षकहरुको उहाँप्रतिको श्रद्धाले ने पुुष्टि गर्दछ । आर्थिक पारदर्शीताको मामलामा शिक्षकका पेशागत संगठनका नेतृत्वमा बसेका व्यक्तिहरुले उहाँलाई अनुुकरण गर्न सके, समय समयमा उठ्ने तमाम प्रश्नहरुबाट मुुक्त हुुन सकिन्छ ।

संगठन तथा सहकारीप्रतिको चिन्तन
आफ्नो जीवनका अन्तिम क्षणमा अस्पतालको मृत्युु सैय्यामा रहँदासमेत भेट्न जाने शिक्षक साथीहरुसंग उहाँले नेपाल राष्ट्रिय शिक्षक संगठन र शिक्षक सहकारीको चिन्ता गरेर घण्टौ कुुरा गर्नुुले उहाँलाई आफ्नो जीवनभन्दा बढी आफुु संलग्न रहेका संस्थाहरुको थियो भन्ने प्रष्ट हुुन्छ । हालै नेपालगञ्जमा सम्पन्न ने.रा.शि.संको प्रदेशस्तरीय तालिम कार्यक्रम आयोजना गर्ने सवालमा उहाँसंगको बसाइमा उहाँको उत्प्रेरणाले मात्र त्यो कार्यक्रम बाँकेमा सफलता पुुर्वक सम्पन्न गर्न सकेको हौं ।

हाम्रो संगठनको पुुर्व अध्यक्ष भएर पनि वर्तमान पदाधिकारीहरुले भन्दा अझै बढी माया संगठनलाई गर्ने व्यक्तित्व डम्बरराज सुुबेदी सरको देहवसानले संगठनलाई अपुुरणीय क्षती पुुगेको छ । कुुनै पनि कार्यक्रममा निमन्त्रणा गर्दा आफ्नो प्रतिकुुल स्वास्थका बाबजुुद कार्यक्रमको अन्त्यसम्म बसेर हामीलाई उत्प्रेरणा दिने हाम्रो अभिभावक अब कहाँ पाउला ?

अब हामीले शोकलाई शक्तिमा बदल्नुुको विकल्प छैन । डम्बरराज सुुबेदी सरलाई सच्चा श्रद्धान्जली दिने हो भने हामी उहाँका गुुणहरुलाई सकेसम्म आफ्नो जीवनमा अपनाउँ । सबै नेपाल राष्ट्रिय शिक्षक संगठन आवद्ध शिक्षकहरु व्यक्तिगत भावनालाई थाँती राखी सांगठनिक भावनालाई बलियो बनाई संगठनलाई मजबुुत बनाउन र बाँकेको शिक्षक सहकारीलाई राम्रोसंग सञ्चालन गर्न सकेमा स्वर्गीय डम्बरराज सुुबेदी सरप्रति सच्चा श्रद्धान्जली हुुनेछ । अल बिदा डम्बरराज सर ……..

बाबुुराम अधिकारी
सचिव, नेपाल राष्ट्रिय शिक्षक संगठन

Previous articleगरिब, विपन्नले उपचारका लागि पाउँछन् यी १६ अस्पतालमा निःशुल्क बेड
Next articleभारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मुल्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here