भेरीका नवनियुक्त अध्यक्ष शाहलाई स्वास्थ्यकर्मी संघले गर्याे स्वागतसंगै सुझाव प्रदान

नेपालगन्ज । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष विरेन्द्र बहादुर शाहलाई स्वागत तथा बधाई ज्ञापन गरेकाे छ ।

केहिदिन अघिमात्रै नियुक्त हुनुभएका शाहलाई संघले शुक्रबार एक औपचारिक कार्यक्रम गरेर स्वागत तथा बधाई ज्ञापन गरेकाे हाे ।

स्वागतसंगै भेरी अस्पताललाई नमूना बनाउन तथा सबै वर्गका बिरामीमैत्री बनाउन अध्यक्षले खेल्नुपर्ने भुमिकाका बारेमा स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।स्वागत कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष शाहले भेरी अस्पतालमा आम नागरिकले सहजरुपमा सेवा पाउनका निम्ति आफ्नो कार्यकाल रहने बताउनुभयो ।

साेही अवसर पारेर कार्यक्रममा उपस्थित ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य तथा जिल्ला कार्यसमितीका निर्वाचित पदाधिकारीहरु तथा स्थानीय तहमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मीलाई बधाई प्रदान गरिएको छ ।

ट्रेड युनियन काँग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित देबेन्द्र केसी र जिल्ला काेषाध्यक्षमा निर्वाचित नरेश श्रेष्ठलाई बधाई ज्ञापन गरिएकाे संघका कार्यबाहक सचिव तेज बहादुर वलीले जानकारी दिनुभयाे ।कार्यक्रममा भेरी अस्पताल कर्मचारी संघका अध्यक्ष होमनाथ सुवेदी, जागेश्वर बस्नेत, राजेश सेन, नरेश श्रेष्ठ, लक्ष्मी केसी तथा केन्द्रीय नेता देबेन्द्र केसीले स्वागत गर्नुभएको थियाे ।

जिल्ला कार्यसमितिका कार्यबाहक अध्यक्ष विरजंग शाहको अध्यक्षता आयोजित कार्यक्रममा स्थानिीय तह तथा जिल्ला तथा केन्द्रीय कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहनुहुने पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Previous articleनेपाल शारीरिक सुगठन संघकाे बैठक : विभिन्न निर्णय
Next articleगरिब, विपन्नले उपचारका लागि पाउँछन् यी १६ अस्पतालमा निःशुल्क बेड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here