
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) का रुपमा डा पवनजंग रायमाझी नियुक्त हुनुभएको छ ।
साउन १७ गतेको मन्त्रीपरिषद बैठकले भेरी अस्पतालका मेसु पदमा डा.रायमाझीलाई नियुक्त गरेको हो ।
परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथली काठमाण्डौंमा कार्यरत हुनुहुन्थ्यो । एघारौं तहका डा.रायमाझी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ ।
यसअघि अस्पतालको प्रमुख मेसुको भूमिकामा एघारौं तहकै प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा.बद्री चापागाईं हुनुहुन्थ्यो ।





