
डुडुवा । डुडुवा गाउँपालिकामा स्थानीय बिपद् व्यवस्थापन समितिका सदस्यहरुलाई बिपद् जोखिम व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण प्रदान गरिएको छ ।
सि आर एस नेपालको आर्थिक सहयोग तथा डुडुवा गाउँपलिकाको समन्वयमा कारितास नेपाल क्षेत्रीय कार्यालय कोहलपुरको आयोजनमा बुधबार डुडुवाका बिपद् व्यवस्थापन समितिका सदस्यहरुलाई बिपद् जोखिम व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण दिइएको हो ।
कार्यक्रममा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले बिपद् व्यवस्थापनबाट कसरी बच्न सकिने बिषयमा आफ्ना भनाई राख्नुभएको थियो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्मा समेतको उपस्थिति रहेको कार्यक्रम रुपन ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।
स्थानीय बिपद् व्यवस्थापन समितिका सदस्य तथा वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, बिषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा बिपद् व्यवस्थापनका लागि भएका नीतिगत तथा कानूनी व्यवस्थाहरु र बिपद् व्यवस्थापनमा हालसम्म भएका राम्रा प्रयासहरुका बारेमा जानकारी प्रदान गरिएको थियो ।
बाँकेको डुडुवा गाउँपालिकाका धेरैजसो स्थान र समुदाय बाढी तथा डुवान क्षेत्र रहेको छ । प्रत्येक वर्षको बाढीले डुडुवामा क्षति पुर्याउने गरेको छ ।






