नेपालगन्ज उद्योग वाणिज्य संघकाे नेतृत्वका लागि साझा प्रजातान्त्रिक समूहकाे उम्मेदवार सार्वजनिक

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघकाे आसन्न निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूूहले ललित राैनियारकाे नेतृत्वमा आफ्ना उम्मेदवार सार्वजनिक गरेकाे छ ।

नेतृत्वका लागि राैनियारकाे टुंगाे यसअघि नै लगाएकाे समूहले बिहिवार औपचारिक कार्यक्रममार्फत प्यानलका सम्पूर्ण उम्मेदवार सार्वजनिक गरेकाे हाे ।

प्रजातान्त्रिक समूहका तर्फबाट उपाध्यक्ष पद ( वाणिज्य) तर्फ बिष्णु प्रसाद श्रेष्ठ, (उद्योग) माेहम्मद सफिक बेहना र महिलातर्फ उपाध्यक्ष पदमा करिश्मा याेगी रहनुभएकाे छ ।

महासचिवमा टंक प्रसाद शर्मा, उपसचिवमा टेक बहादुर खड्का, काेषाध्यक्ष पदमा मख्खन कुमार धामी रहनुभएकाे छ भने सदस्यहरूमा शिव प्रसाद दहाल, सन्तोष कुमार पाैडेेल, शिव कुमार श्रेष्ठ, सुनिल भण्डारी, युवराज ढकाल, प्रमाेद कुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुलवरा जाेलाहा, अतुल कुमार गुप्ता र बल बहादुर बिष्ट (बबि) रहनुभएकाे छ ।

यस्तै एसाेसिएट सदस्यमा प्रदिप कुमार गुप्ता र पुरूषाेत्तम अग्रवाल प्रतिस्पर्धामा उत्रिएका छन् । घाेषणा समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष पदका उम्मेद्वार राैनियारले सबैकाे भलाे चाहने प्रजातान्त्रिक प्यानललाई मतदान गर्न अनुराेध गर्नुभयाे ।

Previous articleभेरी अस्पतालको मेसुका रुपमा डा.रायमाझी
Next articleबर्दियामा जिल्लास्तरीय महिला बिशेष प्रथम रक्तदान कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here