माँ दुर्गाको नौ स्वरुप : प्रत्येक दिन चढाईन्छ अलग-अलग प्रसाद, जानौ ती जरूरी कुरा…

नन्दलाल साहू
बाँके ।
महिला शक्तिको ९ स्वरुप, महिला आस्थाका ९ महत्व तथा महिला शक्तिको ९ फरक विश्वास साधनाको विशेष चाड बडादशैंको रौनक प्रारम्भ हुँदैछ । शक्तिस्वरुपा ९ देवीको साधना गर्नाले परिवार, समाज तथा व्यक्ति विशेषमा खुशियाली प्राप्त हुनुका साथै चिताएका कुरा पुरा हुने विश्वास छ ।

सनातन संस्कारका अनुयायीहरु यो विशेष ९ फरक-फरक तिथिमा भिन्ना भिन्नै दुर्गा स्वरुपाको भक्ति तथा साधाना गर्ने गर्दछन् । नवरात्रीमा माताको ९ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चंद्रघण्टा, कुष्माण्डा, स्कंदमाता, कात्यायनी, कालरात्री, महागौरी तथा सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ, भने नवरात्रीको अष्टमी तथा नवमीको दिनमा धार्मिक मान्यता अनुसार कन्यालाई प्रसाद खुवाएर व्रतको उद्यापन गर्ने चलन रहिआएको छ ।

प्रतेक दिन चढाईन्छ अलग प्रकारको प्रसाद, जानौ ती जरूरी कुरा
नवरात्र पर्वमा माताको आराधनाका साथ व्रत उपवास तथा पूजनको विशेष महत्व छ । नवरात्रको ९ दिन, माँ दुर्गाको अलग अलग रूपमा पूजा गरिने गरिन्छ । त्रिभुवन चोकस्थित शिवालयका पुजारी श्रीकान्त मिश्रका अनुसार ९ दिनसम्म मातालाई प्रत्येक दिन अनुसार भोग अर्पित गर्नाले माताले सबै प्रकारको बाधा, कष्टहरुबाट बचाउने गर्छिन् ।

१ : माताको दिव्य स्वरूप शैलपुत्रीको चरणमा गाईको शुद्ध देशी घ्यू अर्पित गर्नाले आरोग्यको आर्शीवाद प्राप्त हुन्छ भन्ने मान्यता छ ।

२ : माँ ब्रह्मचारिणीलाई शक्कर (चिनी) को भोग लगाउनले आयुमा वृद्धि हुन्छ ।

३ : माँ चंद्रघण्टालाई दूध अथवा दूधले बनेको मिठाई, खीर अर्पित गर्नाले बिभिन्न किसिमको बाधाबाट मुक्ति मिल्छ ।

४ : माँ कुष्मांण्डालाई मीठो रोटीको भोग लगाएर मन्दिरमा दान गर्नाले बुद्धिको विकास वा निर्णय शक्ति प्राप्त हुन्छ ।

५ : स्कंदमातालाई केराको नौ वेध चढ़ाउनले उत्तम स्वास्थ्य वा निरोगीता प्राप्ति हुन्छ ।

६ : माँ कात्यायनीलाई यस दिन मह (शहद) को भोग लगाउनले मनुष्यको आकर्षणमा वृद्धि हुन्छ ।

७ : माताको कालरात्री स्वरूपको आराधना गरेर मातालाई गुड़ चढ़ाउने वा त्यसलाई ब्राह्मणलाई दान दिनाले शोक तथा आकस्मिक संकटबाट माताले रक्षा गर्छिन् ।

८ : महागौरीलाई नारियलको भोग लगाउनले सन्तान सुख प्राप्ति हुन्छ ।

९ : नवम स्वरूप माँ सिद्धरात्रीलाई तिलको लड्डु वा अनार अर्पित गर्नाले आकस्मिक (अनहोनी) घट्नाबाट बचाव हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

यी मान्यता परापूर्वकालदेखि सनातन संस्कारले बडो आस्था र विश्वासका साथ पालन गर्दै आएको छ । महिलाको शक्ति यिनको महिमा तथा पराक्रमप्रतिको दृढ विश्वास नै नवरात्री पूजाको मूल मर्म हो । महिला श्रृष्टि अनि जीवनको सर्जक हुन् । हिन्दु धर्मग्रन्थमा भनिएको छः “यत्र पुज्यन्ते नारी रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाएर रहन्छन् । विधि विधानले पूजा अर्चना तथा जप गर्नाले साधकका लागि कुनै कुरा पनि अगम्य रहँदैन ।

Previous article“अपेक्षा फलकाे छैन, सधै कर्तव्य चिन्तन, आहुति प्राणकाे दिने, तिमिमा अभिनन्दन”
Next articleअवधी पत्रकार संघकाे भवन निर्माणका लागि जग्गाको नाप नक्सांकन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here