“अपेक्षा फलकाे छैन, सधै कर्तव्य चिन्तन, आहुति प्राणकाे दिने, तिमिमा अभिनन्दन”

बाँके । “अपेक्षा फलकाे छैन, सधै कर्तव्य चिन्तन, आहुति प्राणकाे दिने, तिमिमा अभिनन्दन” याे नारा ६५ औ प्रहरी दिवसकाे हाे ।

शुक्रबार दिवंगत अमर प्रहरी र उनका परिवारलाई सम्झदै सम्मान अर्पण गर्दै ६५ औ प्रहरी दिवस मनाएकाे छ ।

दिंवगत अमर प्रहरीकाे सम्झनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा निर्माण गरिएकाे सहिद स्मारककाे उद्घाटन समेत गरिएको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङले अमर प्रहरीकाे याेगदान बिर्सन नसकिने बताउनुभयाे ।

उहाँले प्रहरीको दिनरातकाे सुरक्षाले आम सर्वसाधारण चयनसंग बस्न पाईरहेकाे धारणा राख्नुभयाे ।

त्यस्तै बाँके प्रहरी प्रमुख ओम बहादुर राणाले सर्वसाधारणकाे सहयाेग र समन्वयका कारण प्रहरीकाे काममा सफलता मिलिरहेकाे बताउनुभयाे । साथै उहाँले अमर प्रहरीको याेगदान उच्च रहेकाे बताउनुभयो ।

दिवसका अवसरमा अमर प्रहरीको परिवारका सदस्यलाई दाेसल्ला ओढाएर सम्मान प्रदान गरिएकाे थियाे ।

Previous articleनयाँ मापदण्ड निर्धारण : अब बिमा गरेकाकाे उपचार र परीक्षण खर्च बिमा रकमबाट काटिने
Next articleमाँ दुर्गाको नौ स्वरुप : प्रत्येक दिन चढाईन्छ अलग-अलग प्रसाद, जानौ ती जरूरी कुरा…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here