
रजनी योगी, नेपालगन्ज । आगामी भदौं २ गते शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । नयाँ नेतृत्वमा आउन लागी उम्मेदवारको दौडधुप चलिररहेको छ । उम्मेदवारहरु व्यवसायीलाई भेटेर भोट माग्नमा व्यस्त छन् ।
आफनो हकहितको पक्षमा काम गर्ने असल नेतृत्व चयन गर्न मतदाताहरु आतुर छन् । व्यवसायका क्षेत्रमा देखिएको बेतिथीलाई हटाउने उद्देश्यले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट ललित कुमार रौनियारले नेतृत्व गरिरहनुभएको छ ।
त्यही समुहबाट सदस्य पदमा उम्मेदवारी दिनुभएको छ विवेक कुमार श्रेष्ठले । उहाँ अटोमोबाइलका क्षेत्रका सफल व्यवसायी हुनुहुन्छ । श्रेष्ठ विगत १६ वर्षदेखि अटोमोबाइल व्यवसायमा सक्रिय हुनुहुन्छ ।
उहाँले वेष्टर्न अटो सेन्टरमार्फत अटो मोबाइल व्यवसाय संचालन गरिरहनुभएको छ भने, उहाँ निसान तथा फोटोनको गाडीको बाँके-बर्दियाको लागि आधिकारिक बिक्रेतासंगै चीन र भारतीय इभी इलेक्टिकल स्कुटरको बाँके-बर्दियाको लागि आधिकारिक बिक्रेता हुनुहुन्छ ।
श्रेष्ठ भन्नुहुन्छ, ‘यो पटक म लगायत मेरो टिमलाई विजयी गराएर व्यापारीको हकहितको लागि काम गर्ने अवसर दिनुहोस् । विगतमा व्यवसायीक क्षेत्रमा काम भन्दा धेरै राजनिति हुने गरेको छ । अबको नेतृत्वले त्यो प्रवृति त्याग्नु पर्छ ।’
व्यवसायमा सफल हुँदै गएका विवेक पश्चिम नेपालको अटोमोबाइल क्षेत्रमा अनुभवी मानिनुहुन्छ । उहाँले भर्खरै मात्रै निसान गाडीको नेपालकै वेष्ट थ्री एस सेल्स, सर्भिस, स्पेयर्सतर्फ उत्कृष्ट लिडरतर्फको अवार्ड प्राप्त गर्नुभएको छ ।
व्यवसायीसंगै विवेक सामाजिक कार्य र सामाजिक क्षेत्रमा पनि सक्रिय भएर लाग्नु भएको छ । उहाँ सामूदायिक प्रहरी सेवा सेवा केन्द्र बाँके सचिव, लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक-३२५ एन एक्जिकेटिभ चिभ र नेपाल क्षयरोग निवारण संघ बाँकेको आजिवन सदस्य विभिन्न संघ संस्थामा आबद्ध हुनुहुन्छ ।
जहाँबाट उहाँले समाजमा सकारात्मक परिवर्तनका लागि काम गरिरहनुभएको छ । अब उहाँ व्यवसायका क्षेत्रमा थुप्रै परिवर्तनका लागि चुनावी मैदानमा होमिनुभएको छ ।
श्रेष्ठ भन्नुहुन्छ, ‘व्यापार व्यवसायका क्षेत्रमा देखिएका बिकृति हटाउने प्रयास गर्छु । व्यवसायका थुप्रै समस्या र पिडाहरु छन । त्यसलाई कम गर्न हाम्रो टिमले काम गर्नेछ ।’





