प्रजातान्त्रिक समूहको पक्षमा मतदान गर्न महिलाहरुको प्रचार-प्रसार

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनको समय नजिकिएसंगै साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको पक्षमा महिलाहरुले थालेको घरदैलो अभियानले तिब्रता लिएको छ ।

नेपालगञ्जका बिभिन्न क्षेत्रमा रहेका उद्योगी, व्यवसायीहरुको घरदैलोमा पुगेर प्रजातान्त्रिक समूहको पक्षमा मतदान गर्न थालिएको अभियानलाई तिब्रता दिइएको हो ।

महिला नेतृ सुनिला बरालको नेतृत्वमा शुरु गरिएको अभियान मंगलबार नेपालगञ्जको फुल्टेक्रा, सदरलाईन, त्रिवेणीमोड, न्यूरोड, घरवारीटोल लगायतको क्षेत्रमा रहेका मतदातालाई भेटेर प्रजातान्त्रिकको पक्षमा मतदान गर्न आग्रह गरिएको छ ।

संघको नेतृत्वमा यो पटक परिवर्तनको आकांक्षा धेरैमा देखिएको र सोही अनुसार मतदातामा बुझाई पाइएको नेतृत्वकर्ता बरालले जानकारी दिनुभयो ।

घरदैलो गर्ने क्रममा धेरैजसो मतदाताहरुले साझा प्रजातान्त्रिकका उम्मेदवारको पक्षमा रहेको संकेत दिएका छन् । उनीहरुले अबको भोट परिर्वतन हुनुपर्छ भन्ने मनसाय रहेको बुझिएको छ, नेतृत्वकर्ता बरालले भन्नुभयो, सक्षम नेतृत्व प्रजातान्त्रिक समूहमा छन् मतदाता भन्छन् ।

अगामी भाद्र २ गते शनिबार संघको निर्वाचन हुँदैछ । निर्वाचन नजिकिएसंगै प्रचार प्रसारलाई तिब्र बनाइएको समेत उहाँले बताउनुभयो । बुधबार नेपालगञ्जको बिभिन्न क्षेत्रमा प्रचार प्रसार गरिएको छ । उम्मेदवाहरु समूहमा बाँडिएर समेत मतदातासंगको भेटघाट जारी राखेका छन् ।

परिवर्तनका लागि भोट भन्दै आफुहरुको सक्षम नेतृत्वलाई भोट गरेर जिताउन प्रजातान्त्रिकका उम्मेदवारले आग्रह गरेका छन् । संघको नेतृत्वका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट ललित कुमार रौनियारको नेतृत्वमा बिभिन्न पदका उम्मेदवारहरु निर्वाचनमा होमिएका छन् ।

Previous articleप्रजातान्त्रिक समूहप्रति मतदाताको रुझान बढ्दै
Next articleनयाँ सोचका साथ अगाडी बढ्दै विवेक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here