उद्योग वाणिज्य संघलाई विशुद्ध व्यवसायीकरण बनाउने अभियानमा खड्का

बाँके । नेपालगन्ज यतिखेर नजिकिँदै गरेको नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावले तातिएको छ । पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्र रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावलाई अहमरुपमा हेरिन्छ ।

जहाँ नयाँ नेतृत्वका लागि यहि भदौ २ गते शनिबार चुनाव हुँदैछ । चुनावमा बाजी मार्न यतिखेर उम्मेदवारहरु मतदाताको घरदैलो गरिरहेका छन् । यो पटकको चुनावका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावासायी समूहबाट उपमहासचिवमा उम्मेदवार दिनुभएका टेकबहादुर खड्का बलिया उम्मेदवार रहेको धेरैको आकलन छ ।

खड्का नेपालगन्जका क्षेत्रका लागि एक परिचित नाम हो । विगत ३४ वर्षदेखि व्यावसायी पेसामा आवद्ध खड्का नेपालगन्जमा टिएस ट्रेर्डस् र शौरभ बिजनेश सेन्टर संचालन गरिरहनुभएको छ ।

उहाँ व्यावसायीसँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उपमहासचिवका उम्मेदवार खड्का नेपालगन्ज उद्योग वाणिज्य संघको वर्तमान कार्यसमिति सदस्य पनि हुनुहुन्छ । यसका अलवा उहाँ लायन्स क्लब अफ नेपालगन्जको कोषाध्यक्ष, जुत्ता चप्पल व्यवसायी संघ बाँकेको सल्लाहाकार, कर्णाली चिसापानी बजार व्यवस्थापन समितिको पूर्व उपाध्यक्ष, किशान बहुउद्देश्यीय सहकारी संस्थाको कोषाध्यक्ष र चुरे पर्यटकीय संरक्षण संस्थाको उपाध्यक्ष हुनुहुन्छ ।

यसपटक आफू विशुद्ध व्यावसायी रहेको र नेपालगन्ज उद्योग वाणिज्य संघलाई व्यावसायीहरुको संघ बनाउँदै उनीहरुको हकहितका लागि कार्ययोजनासहित अघि बढ्ने योजनासहित चुनावमा होमिएको खड्काले बताउनुभयो ।

हालको अवस्थामा नेपालगन्ज उद्योग वाणिज्य संघप्रति व्यावसायीहरुको विश्वास घटेको खड्काले बताउँदै त्यसलाई स्थपित गर्न आफूहरु चुनावमा होमिएको बताउनुभयो ।

खड्कालाई, तपाईहरुको नेतृत्वबाट नेपालगन्जका व्यावासायीहरुले के–के परिवर्तन पाउनेछन् ? भन्ने प्रश्नमा उहाँ भन्नहुन्छ, ‘हामीहरु परिवर्तन गर्नकै लागि उद्योग वाणिज्य संघको कार्यसमितिमा जान चुनावमा होमिँदै छौं ।

हालको अवस्थामा सबैभन्दा पहिला नेपालगन्जका व्यावसायीलाई उद्योग वाणिज्य संघप्रति विश्वस्त बनाउनु छ । अर्को कुरा सीमा नाकामा हुने चोरी पैठारीका विषयमा उद्योग वाणिज्य संघको नेतृत्वबाट सम्बन्धित निकायमा समन्वय गरेर हुन्छ की सहकार्य गरेर हुन्छ, त्यसको निराकारतर्फ जाने छौं ।

Previous articleनयाँ सोचका साथ अगाडी बढ्दै विवेक
Next articleउद्योग वाणिज्य संघलाई सुधार्ने अभियानमा प्रमोद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here