मणिपुर फेरि तनावग्रस्त

एजेन्सी । भारतको मणिपुर फेरि तनावग्रस्त बनेको छ । गएराति आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४५ जना घाइते भएका छन् ।

हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । मणिपुरमा गएको जुलाई ६ तारिख अर्थात असार २१ गते दुई जना छात्रको हत्या भएको थियो ।

यसको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । हिंसा भड्किएपछि मणिपुर सरकारले आज विद्यालय बन्द गरेको छ ।

यस्तै, अफवाह फैलिन नदिन इन्टरनेट सेवा समेत पाँच दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गएको मे महिनामा मणिपुरमा जातिय हिंसा भड्किएको थियो ।

जातिय हिंसामा परेर १ सय ७५ जना भन्दा धेरैको ज्यान गएको थियो । त्यतिबेला बन्द गरिएको इन्टरनेट सेवा गएको ६ गते खुलाइएको थियो ।

Previous articleटी-२० आईमा नेपालले बनायो ७ रेकर्ड
Next articleतोडफोड तथा कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सबै सूचना अस्पतालमा टाँस्न निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here