
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा एक बिद्यालयको बस दुर्घटना भएको छ । सोमबार खजुरा गाउँपालिकास्थित दिपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा एक जना बिद्यार्थीको मृत्यु भएको छ ।
बिद्यार्थी पु¥याउन खजुराबाट सिमलघारीतर्फ जाँदै गरेको ना ४ ख ६५१ नम्बरको बस पुलबाट तल खस्दा एक बिद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि २५ जना घाइते भएका छन् ।
घाइते भएका बिद्यार्थीहरुको उद्दार गरि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।





