
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले प्रहरीको भूमिका महत्वपूर्ण र कार्य प्रशंसा योग्य रहेकाे बताउनुभएको छ ।
६८ औ प्रहरी दिवसको अवसरमा मंगलबार बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री चाैधरीले साङ्ठनिक ब्यवस्था, कुसल प्रदर्शन जिम्मेवारी बोकेको नेपाल प्रहरीको कार्य प्रशंसा याेग्य रहेकाे बताउनुभएको हाे ।
´जनसम्पर्क, बिश्वास भएको संस्था भएकाे र ब्यवसायिक्ता गुमाएको छैन्, मुख्यमन्त्री चाेधरीले भन्नुभयाे, याे व्यवसायीक्ता गुमाउन दिनु हुदैन ।`
´साथै धर्म संस्कृति सबैको सम्मान गर्नुपर्छ । यसमा द्वन्द्व सिर्जना गरिनु हुँदैन । धार्मिक सहिष्णुता सद्भाव कायम गर्न सबै लाग्नु पर्छ ।` मुख्यमन्त्री चाैधरीले भन्नुभयो ।
नेपाल्गञ्जकाे घटनामा प्रहरीले देखाएको भूमिका, कार्य कुसलता प्रशंसनीय रहेकाे बताउँदै प्रदेश सरकार र प्रदेश प्रहरी सँगसँगै साथमा रहने पनि बताउनुभएको थियाे ।





