बाँकेमा प्रशासनले लगायो मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक

नेपालगञ्ज । बाँकेमा प्रशासनले एक दिन मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाएको छ । स्थानीय घाट तथा तलाउमा देवीको मूर्ति बिर्सजन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले भोली (बुधबार) मदिरा किनबेच र उपभोगमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको पत्रमा उल्लेख छ,-‘यही मिति २०८० कार्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड-नदी घाटहरूमा बिर्सजन र्‍याली सञ्चालन गरिने परम्परा रहेको सबैमा विदितै छ । दिनभर भक्तजनहरूले श्रद्धापूर्वक दुर्गा मूर्ति विसर्जन र्‍याली सञ्चालन गर्ने भएकोले मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित रूपमा सम्पन्न हुने वातावरण निर्माणमा सहयोग पुर्‍याउन उक्त एक दिन यस जिल्लाभरि बिहान ८ः०० देखि राति १२ः०० सम्म मदिराजन्य पद्धार्थको ओसारपोसार, बिक्रीवितरण तथा उपभोगलाइ निषेध गरिएको छ ।,’

जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी सूचना जारी गरिएको प्रशासनको भनाइ छ । सूचनाको बर्खिलाप कुनै कार्य वा गतिविधि भएको पाइएमा प्रचलित कानून वमोजिम कारबाही हुने बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।

Previous articleआज विजया दशमी, बिहान ११ः०२ बजेको टीकाको उत्तम साइत
Next articleदुःख पीडा भएपनि हाँसेर मनाउँ दशैँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here