दुःख पीडा भएपनि हाँसेर मनाउँ दशैँ

मुक्तक (१)

दुःख पीडा भएपनि हाँसेर मनाउँ दशैँ
रमाइलो चाडपर्व नाचेर बनाउँ दशैं
टिका जमारा लगाई आशीर्वाद लिएर
आफन्तसँग सम्बन्ध गाँसेर जनाउँ दशैँ ।।

मुक्तक (२)

नयाँ कपडा सट पाईन्ट कोट होस् सबैको
खल्तीभरी नयाँ नयाँ नोट होस् सबैको
सबैलाई सुख शान्ति दिओस् यो वडा दशैंले
नराम्रो बानी भए फाल्ने अठोट होस् सबैको ।।

Previous articleबाँकेमा प्रशासनले लगायो मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक
Next article९३ प्रतिशत किसान सरकारी अनुदानकाे पहुँच बाहिरै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here