
गुलरिया । बर्दियामा एक युवकको हत्या भएको घटनामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका वडा नं-६ का २३ वर्षीय वरुण घिमिरेको हत्या घट्नामा प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।
घटनामा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरिएको बर्दियाका एसपी सुधिरराज शाहीले जानकारी दिनुभयो । घटनामा संलग्न ३ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको छ ।
प्रहरीले पक्राउ पर्नेको नाम भने गोप्य राखेको छ । एसपी शाहीका अनुसार पुरानो रिसिइबीका कारण घिमिरेको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लक्ष्मी पूजाको दिन मध्य राती गुलरिया वडा नं-५ स्थित जुस कारखाना नजिकै एक समूहले खुकुरी लगायत धारिलो हतियार प्रहार गरी घिमिरेको हत्या भएको थियो ।





