प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड बढी संकलन

नेपालगञ्ज । जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि राहत र पुनर्स्थापनाका लागि सरकारी सहायता कोषमा १३ करोड बढी रकम संकलन भएको छ ।

सरकारले एकद्वार प्रणालीमार्फत् राहत उपलब्ध गराउने भन्दै प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रकम जम्मा गर्न आग्रह गरेको हो ।

कोषमा शुक्रबारसम्म १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ ४४ पैसा जम्मा हुन आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

कोषमा राष्ट्रिय वाणिज्य बैंकले १ करोड, बुद्ध एयरले १ करोड, भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरूङले १ करोड ११ लाख ११ हजार १११, सत्तारूढ दल नेपाली कांग्रेसले ५० लाख, मुक्तिनाथ दर्शन प्रालिले ५ लाख रूपैयाँ जम्मा गरेका छन् ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले १ करोड, क्यान सेन्ट्रल पेमेन्ट रिलिजकातर्फबाट १ करोड, सूर्या नेपाल प्रालिले १ करोड, गोर्खा ब्रुअरीले १ करोड रूपैयाँ जम्मा गरेका छन् ।

कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट, बारेकोट १ रामीडाँडा केन्द्र गरी गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १५४ जनाको ज्यान गएको थियो । तीन सयभन्दा बढी घाइते भएका छन् ।

भूकम्पका कारण साढे २६ हजार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ३५ हजार घरमा आंशिक क्षति भएको छ । जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेको छ ।

सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड र त्यसमा १ अर्ब ७५ करोड रूपैयाँ थपेर १० अर्ब विपद् व्यवस्थाप कोषमा सार्ने निर्णय गरेको हो ।

विवरण

Previous articleगुलरियाका घिमिरे हत्या प्रकरणमा आठ जना पक्राउ
Next articleआरोपित भाग्न खोजेपछि बाँकेमा प्रहरीले गोली चलायो, एक युवा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here