
नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघले आगामी २६ माघदेखि नेपालगञ्जमा १२ दिने औद्योगिक महोत्सव आयोजना गर्ने भएको छ ।
संघको बिहीबार बसेको बैठकले आगामी माघ २६ देखि फागुन ८ गतेसम्म नेपालगञ्ज महोत्सव-२०८० आयोजना गर्ने निर्णय गरेको प्रवक्ता डम्बरबहादुर चन्दले जानकारी दिनुभयो ।
कोरोनाकालपछि नेपालगञ्जमा संघले महोत्सव गर्न सकेको थिएन ।





