प्रत्येक दिन कार्यक्रम गर्दै नेपालगञ्जमा १६ दिने अभियान मनाइने

नेपालगञ्ज । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको तयारी नेपालगञ्जमा बृहत गरिएको छ । यस पटक ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको एक्यवद्धता’ नाराका साथ मंसिर ९ गतेदेखि १६ दिने अभियान मनाउन लागिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा यहाँ रहेका सम्पूर्ण संघ संस्थाहरुको सहभागितामा अभियानलाई प्रभावकारी बनाउन बृहत बनाउने तयारी गरिएको छ । दैनिक कार्यक्रम गर्ने योजना बनाइएको नगरस्तरीय लैङ्गिक हिंसा निगरानी संजाल अन्तर्गत उपसमिति संयोजक गणेश भट्टराईले जानकारी दिनुभयो ।

अभियानका अवसरमा शुरुवाती दिन नेपालगञ्जका बिभिन्न चोकहरुमा व्यानर प्रदर्शन, दैनिक कार्यक्रम, दिप प्रज्वलन, अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएका छन् । यो अभियानको शुरुवात सन् १९९१ मा वुमन्स ग्लोबल लिडरसीप इन्सिट्युटमा सहभागी भएका महिला अधिकारकर्मीहरुद्वारा भएको हो ।

नोभेम्बर २५ देखि डिसेम्बर १० गरी जम्म १६ दिनसम्म चल्ने यो अभियानलाई पछि संयुक्त राष्ट्र संघले पनि मान्यता प्रदान गरी थप विश्वव्यापी बनाउन सहयोग पु्याएको छ । हाल यस अभियानलाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा हरेक वर्ष विश्वभर मनाइने गरिन्छ ।

सन् १९६० नोभेम्बर २५ का दिनमा डोमेनिक रिपब्लिकका तानाशाह राफेल ट्रिजुलो सरकारविरुद्ध आवाज उठाउने तीन मिराबल दिदीबहिनीहरुको विभत्स हत्या गरिएको थियो । तीनै मिराबल दिदीबहिनीहरुको अधिकारकर्मलाई सम्मान गर्दै अभियानको पहिलो दिनलाई महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्ने दिवसका रुपमा मनाईन्छ ।

Previous articleउद्योग वाणिज्य संघले माघमा औद्योगिक महोत्सव आयोजना गर्ने
Next articleफाेहाेरमैला व्यवस्थापन प्रभावकारी बनाउन नेपालगञ्जमा जरिवाना अभियान शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here