धारा नेपालगञ्ज म्याराथनको तयारी पुरा, के के हुँदैछ यसपटक (विवरणसहित)

नेपालगञ्ज । नवौं धारा नेपालगञ्ज म्याराथन तथा नेपालगञ्ज कनक्लेभ-२०२३ को तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत यस पटकको म्याराथनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

यस वर्षको म्याराथनमा पुरस्कार राशी वृद्धि गरिएको छ भने उत्कृष्ट स्कोर हासिल गर्ने खेलाडीले लण्डन म्याराथनमा सहभागी हुने अवसर प्राप्त गर्नेछ । धारा नेपालगञ्ज म्याराथन र नेपाल रन युकेबीच नेपालगञ्ज म्याराथनको कोर्स रेकर्ड ब्रेक गर्ने एक जना खेलाडीलाई लण्डन म्याराथनमा सहभागी गराउने समझदारी भएको छ । लण्डन म्याराथन संसारकै ६ उत्कृष्ट म्याराथनमध्ये एक हो ।

यस वर्ष नगद पुरस्कार राशीमा वृद्धि गरिएको घोषणा भइसकेको छ । नवौं धारा नेपालगञ्ज म्याराथनको विजेताले नगद दुई लाख पाउने छन् । त्यसैगरी दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौँले समान ५र५ हजारबाट पुरस्कृत हुनेछन् । यसमा ४५ वर्षमाथिको धावकलाई पनि स्थान निर्धारण गरि प्रोत्साहन गरिनेछ ।

हाफ म्याराथन (महिला)मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौले १० हजार, छैटौं, सातौं र आठौँलाई समान ५र५ हजार नगदले पुरस्कृत हुने छन् । त्यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार नगदले पुरस्कृत गरिनेछ ।

स्कुलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ । यसमा बाँके जिल्ला बाहिर र जिल्लाभित्रका विद्यार्थीलाई समेटिएको छ । यसमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ को अलग अलग स्थान निकालिने छ । ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजारबाट पुरस्कृत गरिनेछ ।

किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिने म्याराथनका संस्थाक टिएस ठकुरीले जानकारी दिनुभयो । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित समेत गरिने संस्थापक ठकुरीले बताउनुभयो ।

नेपालगञ्ज कनक्लेभ-२०२३
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगञ्ज म्याराथनको अघिल्लो दिन नेपालगञ्ज कनक्लेभ आयोजना हुँदैछ । नेपालगञ्ज कनक्लेभको निर्देशक जनक नेपाल (सम्पादक, शिलापत्र) हुन भने यसमा नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँग सहकार्य गरिएको छ ।

नेपालगञ्ज कनक्लेभको टाइटल स्पोन्सर नेपाल टेलिकमः राष्ट्रको सञ्चार रहेको छ भने हिमालयन बैंक लिमिटेडले महत्वपूर्ण सहकार्य गरेको छ । मेरो प्लानेटको हलमा हुने कनक्लेभ ८ मंसिर बिहान विहान ८:३० देखि वेलुकी ५ बजेसम्म चल्नेछ ।

नेपालगञ्ज कनक्लेभ २०२३ को कार्यक्रम तालिका
पहिलो सत्रः ९:१५ देखि १०:३०

खेलकुदसँग टुटेको कडीः शिक्षा, स्वास्थ्य र खेलकुद
चुडामणी पौडेल, प्रमुख सचिव (कर्णाली प्रदेश)
शशी स्वॉर, विद्यालय सञ्चालक
डा.विकास नेपाल, मुटुरोग विशेषज्ञ
सन्तोषी श्रेष्ठ, धाविका
मोडरेटरः प्रकाश तिमिल्सिना, सम्पादक (हाम्रो खेलकुद)

दोस्रो सत्रः १०:३० देखि ११:४५
नेपाली बाख्यानः के पढ्ने ? के लेख्ने ?

नयनराज पाण्डे, आख्यानकार
सुबिन भट्टराई, उपन्यासकार
विवेक ओझा, मदन पुरस्कार विजेता
सुरक्षा पन्त, अभिनेत्री
मोडरेटरः जनक नेपाल, सम्पादक (शिलापत्र)

तेस्रो सत्रः ११:४५ देखि १:००
पश्चिम नेपालः उद्यमशीलता, पर्यटन र रोजगारी

प्रदीप छाजेड, सिईओ (केएल दुगड ग्रुप)
दीपकराज जोशी, कार्यकारी निर्देशक (नेपाल उद्योग परिसंघ)
गोपाल हमाल, मेयर (धनगढी उपमहानगरपालिका)
मोडरेटरः डा.ओम मिश्र, अध्यक्ष कर्णाली विकास बैंक

चौथो सत्रः १:४५ देखि ३:००
आकाश-धती बराबरीः महिला सशक्तीकरण

भावना पन्त, पाइलट
पूर्णिमा श्रेष्ठ, पर्वतारोही
श्रृच्छा प्रधान, मिस नेपाल वर्ल्ड
पार्वती थापा, ओलम्पियन
मोडरेटरः मोहना अन्सारी, पूर्वसदस्य राष्ट्रिय मानवअधिकार आयोग

पाँचौं सत्रः ३:०० देखि ४:१५
स्वदेशमै सम्भव छः युवा उद्यम र रोजगार

सहारा जोशी, अध्यक्ष (युवा उद्यमी मञ्च)
तीर्थ थापा, डाइरेक्टर (डल्फिन ग्रुप)
डा.जीत चन्द, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
सेवा पाठक, सिईओ (भायानेट)
मोडरेटरः डा.नितेश कनोडिया, निर्देशक (नेपालगन्ज मेडिकल कलेज)

छैटौ सत्रः ४:१५ देखि ५:००
संवादः समाज, सिनेमा र साहित्य

राजेश हमाल, अभिनेता
मोडरेटरः केशव सिग्देल, प्राध्यापक

Previous articleलागू औषध ब्राउन सुगरसहित भारतीय युवा नेपालगञ्जमा पक्राउ
Next articleउद्योग वाणिज्य संघले माघमा औद्योगिक महोत्सव आयोजना गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here