
नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी चोकमा आइतबार साँझ सडक दुर्घटनामा परि एक किशोरीको मृत्यु भएको छ ।
ना ३ ख ८८५२ नम्बरको ट्याँकरले आइतबार साँझ नेपालगञ्जको मुख्य बजार धम्बोझी चोकमा मोटरसाईकललाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको हो ।
दुर्घटना नेपालगञ्जको बिरेन्द्र चोकमा नजिकै भएको थियो । सुर्खेतरोडबाट सेतु बिक चोक जाने जेब्रा क्रसमा ट्ंयाकरले भे ११ प ७६५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा नेपालगञ्ज वडा नं-१७ बस्ने १७ वर्षीया सालिनी पाठकको मृत्यु भएको छ ।
बुबाले चलाएको मोटरसाईकलमा शालिनी बस्नुभएको थियो । दर्घटनामा परेकी पाठकलाई अस्पताल पर्याएलगत्तै मृत घोषणा गरिएको थियो । मोटरसाईकल चलाउने बुबाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।





