कोहलपुरमा भोलिदेखि सातौं अन्तर माबि मेयर कप प्रतियोगिता हुँदै

कोहलपुर । बाँकेको कोहलपुरमा यही पौष १० गतेदेखि शुरु हुने सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको संचालन र व्यवस्थापनमा आयोजित उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु हुने प्रतियोगिताको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले दिउँसो एक बजे कोहलपुर नगरपालिका वडा नं-२ स्थित तेह्र विघा खेल मैदानमा उद्घाटन गर्नुहुने छ । तर खेलकुद गतिविधिहरु भने विहान सात बजेदेखि नै सुरु हुने प्रतियोगिता आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख आचार्यले अन्तर मावि मेयर कप तथा पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगितालाई खेल उत्सवका रुपमा लैजाने योजना पालिकाको रहेको बताउनुभयो । उहाँले कोहलपुरलाई खेलकुदका माध्यमबाट राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने गरी अगाडि बढेको समेत बताउनुभयो ।

‘हालै सम्पन्न कोहलपुर गोल्डकपले कोहलपुरको पहिचानलाई राष्ट्रियस्तरमा पु¥याएको हामीलाई महसुस भएको छ, उहाँले भन्नुभयो–‘ विधागत क्षेत्रका खेलहरुलाई संस्करणकारुपमा लैजाने गरी समन्वय र सहकार्य गर्दै आएका छौं ।’ कोहलपुर नगरपालिकाले साहारा रेसिङ क्लवसँगको सहकार्यमा कोहलपुर गोल्डकप आयोजना गर्दै आएको छ ।

अन्तर मावि मेयर कपलाई पनि पालिकाले प्राथमिकता दिएको छ । उक्त प्रतियोगितामा कोहलपुर नगरक्षेत्रका ९सामुदायिक र निजी० ३६ माध्मामिक विद्यालयका १ हजार ३ सय ६७ जना खेलाडी ९छात्रछात्रा०हरुले भाग लिँदैछन् । जसमा छात्र ७ सय ९६ जना र छात्रा ५ सय ७१ जना रहेको मल्लले जानकारी दिनुभयो ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट ९तेक्वन्दो, उस्सु र कराँते० का चार इभेन्ट समावेश गरिएको छ । यो वर्षदेखि मार्सलआर्ट विधा थप भएको छ । प्रतियोगितामा ५० गोल्ड मेडलका लागि प्रतिस्पर्धा हुनेछ ।

अघिल्ला वर्षहरुमा विद्यालयहरुले अन्तर मावि मेयर कप तथा पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिताहरुको व्यवस्थापन गर्दै आएकोमा यो वर्षदेखि कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुन लागेको नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिनुभयो ।

‘छैठौ अन्तर मावि मेयर कप तथा १५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको कृष्ण माविले सातौं अन्तर मावि मेयर कप तथा १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजनाका लागि कोहलपुर नगर खेलकुद विकास समितिलाई झन्डा हस्तान्तरण गरेसँगै यो प्रतियोगिता समितिको व्यवस्थापनमा पहिलो पटक हुन लागेको हो’ उहाँले भन्नुभयो ।

योपटक अन्तर मावि मेयर कपका लागि बजेट दोब्बरले वृद्धि गरिएको छ । गत वर्ष पाँच लाख रुपैयाँ विनियोजन गरिएकोमा यो पटक भने त्यसलाई वृद्धि गरेर १० लाख पु¥याइएको हो । उत्कृष्ट खेलाडीलाई रु ५१ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

गत वर्ष नगर प्रमुख आचार्यले व्यक्तिगतरुपमा उत्कृष्ट खेलाडीलाई नगद राशीले पुरष्कृत गर्नुभएकोमा यो पटक भने संस्थागतरुपमा गरिने छ । सातौं अन्तर मावि मेयर कप तथा १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट करिव एक सय जना खेलाडीहरु जिल्लामा हुने प्रतियोगितामा छनौट हुनेछन् ।

कोहलपुर नगरपालिका जिल्ला स्तरीय प्रतियोगितामा लगातार दुई वर्षदेखि प्रथम हुँदै आएको छ । गत वर्ष जिल्ला स्तरीय प्रतियोगितामा कोहलपुर नगरपालिका प्रथम भएको थियो । २१ गोल्डमेडल, २२ शिल्भर र २९ कास्य पदकसहित जिल्ला प्रथम भएको थियो । योपटक पनि प्रथम भए पालिकाले शिल्ड आफैले कब्जा गर्नेछ ।

Previous articleनेपालगञ्ज-१८ काे भगवती टाेलमा थप एक पूर्वाधार निर्माणकाे काम शुरू
Next articleनायक भट्टको प्रस्तुतीमा गुन्जयमान भयो महोत्सव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here