
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका पडा नं-१८ मा थप पूर्वाधार बिकास निर्माणकाे शुरूवात गरिएको छ ।
वडाकाे क्षेत्रभित्र रहेका सम्पूर्ण टाेलहरूमा आवश्यकता अनुसारकाे मागलाई सम्बाेधन गर्दै भाैतिक पूर्वाधार बिकास निर्माणकाे कार्य शुरूवात गरिएको छ ।
साेही क्रममा साेमबार कारकाँदाे चाेकदेखि बर्दिया बाईपास सडकमा उत्तरमा रहेकाे खानेपानी टयांकी भगवती टोलमा थप एक वटा पूर्वाधार निर्माणकाे कार्य शुरू गरिएको वडा अध्यक्ष दिपक बर्माले जानकारी दिनुभयाे ।
साे टाेलमा दुई मिटर चौडाइ भाएको आर.सी.सी नालासहित सडक निर्माण कार्यकाे साेमबार औपचारिक रूपमा पुजा पाठ गरेर वडा अध्यक्ष बर्मासहित वडा सदस्यकाे टाेलीले सिलान्यास गरेकाे छ ।
५० लाखकाे लागतमा निर्माण भएको र यस आ.ब. मा थप रु ५० लाख गरी रु एक करोडको लागतमा उक्त नाला तथा सडक निर्माण भइ रहेको वडा अध्यक्ष बर्माले जानकारी दिनुभयाे ।
‘वडाको योजना अनुसार माग आवश्यकलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयनलाई अघि बढाएका छौं,’ वडा अध्यक्ष बर्माले भन्नुभयो, ‘वडाको सम्पूर्ण टोलहरूमा सहज आवागमन हुने वातावरण निर्माण गर्न र वडाबासीले जनप्रतिनिधिलाई बिश्वास कायम गर्ने अवस्था बनाउन योजनाहरू चरण चरणमा संचालन भईरहेको छ ।’
संघीय आयाेजना कार्यान्वयन इकाई नेपालगञ्ज अन्तर्गत शुरू भएकाे निर्माण सिलान्यास कार्यक्रममा वडा सदस्यसहित टाेलबासी, संघीय आयोजना कार्यालयको इन्जिनियर र वडाका अगुवाहरूकाे उपस्थिति रहेकाे थियाे ।
यो चालू आर्थिक बर्षमा यसअघि विशाल चाेक मोडेल एकेडेमी टोल, छ कुने चाेक लगदहवाभित्र नाला तथा भित्री सडक निर्माण, यातायात कार्यालयदेखि पुर्व गोर्खा साईकल हुँदै स्प्रीङ्गडेल एकेडेमी स्कुल टोलको सडक निर्माण कार्य जारी छ ।





