
नेपालगञ्ज । नेपालगञ्जमा संचालित छैठौं नेपालगञ्ज महोत्सवमा चर्चित नायक बिराज भट्टको ‘ईश्वरले नै ठगेको मान्छेलाई समाजका धनी र बुद्धिजिबीले समेतले किन ठग्छन्’ बोलको डाइलोग बोल्दा नेपालगञ्जका दर्शकदिर्घाबाट तालीको गडगडाहतल मेला गुन्जयमान बन्यो ।
सोमवार महोत्सवमा चर्चित नायक भट्टले रोसनी तिम्ले म बाहेक अरु कसैको हातबाट सियंदो रमएउ भने म तिम्रो सिउँदो नै मेटाई दिन्छु, भगवानको लिला पनि अचम्म छ, मलाई समात्न कठिन मात्रै होईन असम्भव छ’ डाईलग लगायत चरी काफल टिप्यो खानलाई हो की खुवाउन गीतमा डान्स समेत प्रस्तुत गर्नुभएको थियो ।
बिराजको सबै प्रस्तुतीमा दर्शक खुलेरै रमाएका थिए । महोत्सव आकर्षणमा बाल उद्यान, थारु गाउँ, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित चर्चित खेलाडीबीच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो ।
हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउँमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । महोत्सव पौष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
आज महोत्सवको उद्धोषण असोक रावल र बर्षा पाण्डेले गर्नुभएको थियो । मंगलबार महोत्सवमा चर्चित कलाकार समिक्षा अधिकारी, मोडल बिजय पुन लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।






