गौरव स्मृति फाउण्डेशनद्वारा सहयोग स्वरुप खानलाई ई-रिक्सा प्रदान

नेपालगञ्ज । गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले आर्थिक स्थिति नाजुक भएका तथा अपाङ्गता भएका (एउटा खुट्टा नभएको) नेपालगञ्ज वडा नं-५ का एक जनालाई ईरिक्सा सहयोग प्रदान गरेको छ ।

नेपालगञ्जका नगर प्रमुख प्रशान्त बिष्ट र फाउण्डेशनकी अध्यक्ष मधु शाहले शुक्रबार संयुक्त रुपमा नेपालगञ्ज-५ का राजु खानलाई जीवन यापनमा सहजता प्रदान गर्न ई-रिक्सा सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशमा सवैभन्दा बढी रक्तदान गर्ने स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा स्वयंसेवी रक्तदाता पवन जायसवाललाई संस्थाकी अध्यक्ष मधु शाहले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

फाउण्डेशनका परिकल्पनाकार नेपालगञ्ज वडा नं-४ निवासी शाहले आफ्नो पाकेट खर्चलाई बचाएर समाजमा स-सानो आवश्यकतामा परेका र आफूले देखे जतिका व्यक्तिलाई सहयोग गर्ने कार्य शुरु गर्नुभएको थियो ।

शाहले शुरु गरेको मानवीय कार्यलाई उहाँका साथीहरूले पनि निरन्तरता दिएका छन् । शाहले फाउण्डेशन दर्ता हुनुअघि देखि नै सामाजिक सेवा गर्ने मन भएर मानवीय कार्यहरु गर्दै आउनुभएको थियो ।

दातृ निकायको सहयोग विना नै पाकेट खर्च बचाएर स-सााना आधारभूत आवश्यकताबाट वञ्चित व्यक्तिलाई सहयोग गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल गौरवको परिकल्पनाले नै आज गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनको जन्म भएको बताइएको छ ।

सामाजिक कार्यमा निरन्तर लाग्नुभएका गौरवले मानव सेवा गर्ने सोच भएपनि लामो समय हामी माझ रहनु भएन । वि.सं.२०७८ साल असार १ गते मृत्यु पश्चात शाहको सोंचलाई पूरा गर्ने उद्देश्यले बुबा प्रदीप शाहले वि.सं.२०७८ सालमा फाउण्डेसन दर्ता गर्नुभएको थियो ।

Previous article१ सय १३ जनाद्वारा रक्तदान
Next articleतातो हावा ‘लु’ प्रतिकार्य परियोजनाको परिचयात्मक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here