
नेपालगञ्ज । बाँकेमा गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले गरेको बृहत रक्तदान कार्यक्रममा १ सय १३ जनाले रक्तदान गरेका छन् ।
फाउण्डेशनका संस्थापक अध्यक्ष गौरव शाहको जन्मोत्सवको अवसरमा आयोजित बृहत रक्तदान तथा ई-रिक्सा हस्तान्तरण कार्यक्रम सचिव सुकराम ठाकुरद्वारा सञ्चालित कार्यक्रममा नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्ट र संस्थाका संरक्षक प्रदीप शाहले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सुनिता कुमाईलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम को उद्घाटन गर्नु भएको थियो ।
फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बिष्ट, समाजसेवी तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, संस्थाका संरक्षक शाह, नेपाली काँग्रेस बाँके महासमितिका सदस्य निरञ्जन सिंह सिजापति, दैलेखी समाजका अध्यक्ष पूर्ण गिरी लगायतले बोल्नुभएको थियो ।
रक्त सञ्चार सेवा केन्द्रका प्रमुख रेग्मी, सोम प्रकाश सापकोटा, सुनिता कुमाई, प्रशान्त तिवारी, मनिाष चन्द, केशर सिंह डाँगी र बीरेन्द योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो । यस्तै कार्यक्रममा नेपालगञ्ज वडा नं-४ का वडाध्यक्ष गोपाल पुन, वडा सदस्यद्वय उत्तम सिंह सिजापति, सलीम मुसलमान, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष अर्जुन ओली, साहू समाज बाँकेका अध्यक्ष हंशराम साहू, युवा समितिका अध्यक्ष रामकिसुन साहू, संस्थाकी सह सचिव प्रेमा शाही, शिवम् शाह, सल्लाहकार तोजेन्द्र विक, संस्थाका पदाधिकारी, साहू समाजका पदाधिकारी स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।





