‘दर्शकको माग अनुसार हात्तीछाप चलचित्र बनेको छ’

नेपालगञ्ज । यही माघ २६ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र हात्तीछापको टिमले शनिबार नेपालगञ्जमा चलचित्र पत्रकारहरुसँग साक्षात्कार गरेको छ । साक्षात्कारमा चलचित्रमा प्रमुख भूमिकामा रहनुभएका कलाकार सौगात मल्ल, कमलमणी नेपाल र निर्माता किरण नेपालीले दर्शकको मागअनुसार हात्तीछाप चालचित्र बनेको दाबी गर्नुभएको छ ।

निर्माता किरण नेपालीले पछिल्लो समयमा पश्चिम क्षेत्रमा नेपाली सिनेमा हेर्ने दर्शकको संख्या बढ्दै गएको र नेपालगञ्जमा नेपाली सिनेमाको व्यापार बढ्दै गएको जिकिर गर्नुभयो । किरणले नेपालगञ्जमा हात्तीछाप चलचित्रलाई पनि दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

‘पछिल्लो चरणमा दर्शकहरुले कस्तो किसिमको चलचित्रको माग गर्नु भएको छ भन्ने कुरालाई हामीले अध्ययन गर्दै गएका छौं,’ निर्माता किरण भन्नुभयो, ‘त्यसैले हात्तीछाप चलचित्र दर्शकको माग अनुसार बनेको छ ।’

साक्षात्कारमा कलाकार नेपालले नेपाली सिनेमा मनपराउने दर्शकलाई हात्तीछाप चलचित्रले हलसम्म ल्याउन सक्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले चलचित्रमा शक्तिमा रहेको मान्छे शक्ति हिन हुँदाको कथालाई देखाइएको बताउनुभयो ।

मल्लले हात्तीछाप चलचित्रबाट दर्शकलाई फरक खालको स्वाद दिन चलचित्रको टोली सक्षम भएको आफूले अनुभव गरेको बताउनुभयो । हात्तीछाप चलचित्रमा मल्ललाई राजाको रुपमा देखाइएको छ ।

निर्माता नेपालीको हात्तीछाप चलचित्र छैठों चलचित्र हो । यसअघि उहाँले निर्माण गरेको ‘पोइ पर्यो काले’, ‘दुई नम्बर’ लगायत सबै चलचित्र हिट छन् । हात्तीछाप चलचित्रले आफूलाई ह्यार्टिक दिलाउनेमा आफू ढुक्क रहेको निर्माता किरणको बिश्वास छ ।

Previous articleखजुरामा संचालित उद्यमशीलता तथा बित्तीय साक्षरता सम्बन्धि एक हप्ते तालिम समापन
Next articleअनेमसंघद्वारा वडा नं-१ मा प्रशिक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here