
नेपालगन्ज । राजनीतिमा महिलाको क्षमता अभिबृद्धि गर्ने उदेश्यले अखिल नेपाल महिला संघ नगर कमिटीको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१ धम्बोझीमा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
अनेमसंघ वडा नं-१ का वडा अध्यक्ष जगत कुमारी बुढाको अध्यक्षतामा सम्पन्न बैठक तथा प्रशिक्षण कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज अछरी पोख्रेलले संघको इतिहास, नीति तथा कार्यक्रम, वडा कमिटीको काम, कर्तव्य र अधिकार जस्ता विषयमा प्रशिक्षण दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य, जिल्ला संयोजक मिना ढकाल, नेकपा एमाले नगर अधक्ष्य दत्त प्रसाद आचार्य, नगर अधक्ष्य रिना पौडेल, सचिव रूक्मिणी भारती, सदस्य प्रभा सुवेदी, चन्द्र कला राना लगायतको सहभागिता रहेको थियो । अनेमसंघ नगर कमिटिले यसअघि पनि विभिन्न वडामा बैठक तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।





