
हरि अधिकारी, खजुरा । बाँकेको खजुरामा संचालित उद्यमशीलता तथा बित्तीय साक्षरता सम्बन्धि एक हप्ते तालिम शनिबार समापन भएको छ ।
राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरको आयोजना र खजुरा गाउँपालिकाको समन्वय र सहकार्यमा संचालित सो तालिम औपचारिक कार्यक्रममार्फत समापन गरिएको हा ।
पालिकामा बेरोजगार तथा बैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवा तथा युवतीहरुलाई बिदेश पलायन हुन नदिन सो तालिम संचालन गरिएको थियो । नेपाल सरकारको नीति बमोजिम जनशक्तिको क्षमता अनुरुप आफै उद्यमी बन्न के कस्ता नीति नियमहरु लागु गर्दा जिवनस्तर उकास्न र आर्थिक स्तर बलियो बनाउन तालिम संचालन गरिएको आयोजकले जनाएको छ ।
तालिममा गाउँपालिकाभित्रका ६० जना उद्यमी बन्छु भन्ने सोंच भएका युवा, युवतीहरुलाई मात्र तालिममा सहभागि गराइएको थियो । पूर्वाधारदेखि उद्यमी नबनुनजेलसम्म के कस्ता प्रक्रियाहरु अपनाउनु पर्ने तथा युवाहरुलाई हामी आफै उद्यमी हौ भन्ने आत्मबिश्वास दिलाएर तालिमको समापन गरिएको थियो ।
खजुरामा बेरोजगार भएर बसेका देशका जनशक्तिलाई हामी त्यसै खेर जान नदिने भन्दै खजुरा गाउँपालिका कार्यवाहक मञ्जु मल्लले युवाहरुलाई उद्यमी बन्न आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
सो क्रममा बोल्ने सहभागिहरुले अबका दिनमा पालिकाले नवउद्यमी तथा उद्योग संचालन गरिसकेकाहरुका लागि थप मनोबल मिलेको प्रतिक्रिया दिएका थिए । तालिमलाई नारायण काजी काशीछुवा, मदन खडका, सबिना थापामगर र आरती शर्माले सहजीकरण गर्नुभएको थियो ।





