ईरिक्सामाथि डोजर चलाएपछि व्यवसायीले घेरे उपमहानगरपालिका

नेपालगञ्जमा । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएको ईरिक्सा डोजर लगाएर नष्ट गरेपछि व्यवसायीले उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । नेपालगञ्जका ईरिक्सा व्यवसायीहरुले बुधबार बिहान उपमहानगरपालिका कार्यालय घेराउ गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका हुन ।

सो क्रममा कार्यालयको प्रवेशद्वारमा नगर प्रहरी र नेपाल प्रहरीको तैनाथ गरिएको थियो । दर्ता बिना नेपालगञ्जमा संचालनमा रहेको ईरिक्सालाई नियन्त्रणमा लिएर उपमहानगरपालिकाले मंगलबार डोजर लगाएर नष्ट गरेको थियो । नष्ट गरे लगत्तै नेपालगञ्जका मेयर प्रशान्त बिष्टको चर्को आलोचना शुरु भएको छ ।

गरिव, मेहनत, मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुको पेटमा लात हानेको भन्दै यहाँस्थित नागरिक समाज, सर्वसाधारण लगायतले मेयरको आलोचना गरेका हुन । दर्ता नभएर संचालन भएका ईरिक्सालाई कानुनी प्रक्रिया पुर्यउन भन्सार कार्यालयमा दाखिला गर्नुपर्ने नागरिक समाजका अगुवाको भनाई छ ।

‘बजारमा चलिरहेका ईरिक्सा नियन्त्रणमा लिएपछि कानून अनुसार लिलामी प्रक्रियामा जानु पर्नेमा डोजर लगाउन गैरजिम्मेवार कार्य भएको नेपालगञ्ज-५ का अस्फाक दर्जीको भनाई छ ।

आफनै कार्यालय अगाडीको सडक कब्जा गरि चल्ने फुटपाथ व्यवसाय, पार्किंग रोक्न नसकेका मेयर विष्टले गरिबमाथि अत्याचार गरेको आरोप लागेको छ । मंगलबार बिहान उपमहानगरपालिका कार्यालय घेराउ गरेका ईरिक्सा व्यवसायीले मेयरको विरोधमा सडक आन्दोलनको तयारीमा रहेको जनाएका छन् ।

Previous articleनेपालगञ्जमा आठौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शन शुरु
Next articleराससको अवधी भाषाको समाचार सेवाप्रति अवधी पत्रकार संघद्वारा स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here