नेपालगञ्ज नजिकको पिकनिक स्पट (फोटो फिचर)

नेपालगञ्ज । नेपालगञ्जको नजिकै पिकनिकमा जाने सोंचमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । नेपालगञ्ज शहर नजिकै रहेको एक पिकनिक स्थलले सजिलो बनाउनेछ त्यो हो डुडुवा गाउँपालिका वडा नं-५ मा रहेको नानापुर लायन्स पार्क ।

यो पार्क पिकनिक मनाउनका लागि नेपालगञ्जदेखि सबैभन्दा नजिकको एक स्थान हो । नेपालगञ्जबाट जानका लागि राँझा बिमानस्थल भएर पुग्न सकिन्छ । पछिल्लो समय यहाँ पिकनिक मनाउन जानेहरुको भिडभाड बढ्दो छ ।

वरीपरि सामुदायिक वन, नजिकै ठुलो ताल र बिचमा खेल मैदान सहितको रमणीय वातावरण रहेको पार्क स्थलमा वनभोज जानेहरुको उपस्थिति बाक्लो छ । नानापुर पर्यटकीय गन्तव्यको रूपमा रहेको छ ।

यहाँ जाने सबैको सहजताका लागि बिभिन्न भौतिक संरचनामा निर्माण गरिएको छ । नेपालगञ्ज बजारबाट करिब पाँच किलोमिटर उत्तर–पूर्वमा रहेको यहाँ शान्त वातावरण पाईन्छ । हरियो वन जङ्गलको प्राकृतिक सुन्दरताले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउछ ।

शनिवार वा सार्वजनिक बिदाको दिन नेपालगञ्ज बजारबाट नजिकै रहेको सो स्थानमा वनभोज खान र घुम्नका लागि मानिसहरू पुग्ने गर्छन् । यहाँ प्रत्येक दिन पिकनिक खानेहरुको उपस्थिति रहने गर्छ ।

यहाँ बिदाको दिन दैनिक करिब ५ देखि ८ वटा बिद्यालयहरुको पिकनिक मनाउन पुग्ने गरेका छन् । पिकनिक खाँदै खेलमैदानमा बिभिन्न प्रतियोगिताहरु समेत खेल्न सकिन्छ । पछिल्लो समय बिभिन्न बिद्यालयबाट पिकनिक जानेहरुको रोजाइ समेत बनेको स्थानीय बताउँछन् ।

Previous articleबस दुर्घटनाका घाइतेहरूको उपचारमा कमि हुन नदिन मन्त्री केसीको निर्देशन
Next articleजेष्ठ नागरिक र सुत्केरीलाई कम्बल र सुत्ने खाट सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here