अपहरित वडाअध्यक्षको छोराको खोजीकार्य तीब्र छ : बाँके प्रहरी

बाँके । बाँकेको जानकी गाउँपालिका–१ साइगाउँका वडाध्यक्ष मोहम्मद रजा राईका १२ बर्षिय छोरा साहिल राई अपहरणमा परेका छन् । मंगलबार विहान ५ बजेदेखि सम्पर्कविहीन रहेका उनलाई अन्दाजी २२ बर्षिय एक युवकले लिएर गएको पारिवारिक स्रोतले जनाएको छ ।

साहिल दुई दिनदेखि सम्पर्कविहीन भएपछि उनी अपहरणमा परेको मो.रजा राईले बताउनुभयो । ‘दिनभर खोज्दा पनि साहिल सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गरेर खोजतलास गरेका छौं । हामीले ९मंगलबार० विहानैदेखि खोजिरहेका छौं । अहिलेसम्म कतै फेला पार्न सकेका छैन,’ पारिवारिक स्रोतले भन्यो, ‘प्रहरीले पनि खोजविनका लागि खासै तदारुकता देखाइरहेको छैन ।

’पचपोखरा भन्ने गाउँमा झण्डै एक महिनाअघि नाली बनाउने क्रममा स्थानीयहरुबीच विवाद मिलाउने क्रममा वडाध्यक्षमाथि हातपात समेत भएको र सोही रिसिइबीका कारण छोरालाई अपहरण गरेको हुनसक्ने परिवारको अनुमान छ । डेढ महिनाअघि नाली निर्माणका क्रममा दुई पक्षबीच विवाद बढ्दै गएपछि विवाद मिलाउन गएका वडाध्यक्ष राईमाथि आक्रमण प्रयास समेत भएको थियो ।

वडाध्यक्षमाथि आक्रमण गर्न खोज्दा स्थानीहरुले उनलाई बचाउन खोजेपछि केही युवाहरुले घरको छतमाथि गएर ढ्ंगामुढा प्रहार गरेपछि केही स्थानीयहरु समेत घाइते भएका थिए । सोही घटनालाई लिएर प्रहरीमा मुद्दासमेत दर्ता भएको थियो । प्रहरीले मुद्दा दर्तापछि आक्रमण गर्ने व्यक्तिहरुलाई पक्राउ नगरेपछि अहिले सोही व्यक्तिहरुले नै वडाध्यक्षको छोराको अपहरण गरेको हुनसक्ने आशंका छ ।

यता, बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले बच्चा सम्पर्कमा नआएको जानकारी पाएलगत्तै अनुसन्धानका सबै प्रक्रियाहरु अवलम्बन गरेर प्रहरी सक्रिय भएर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सम्पर्कमा नआएको जानकारी आएलगत्तै सबै विधि अपनाएर बच्चालाई सकुशल उद्दार गर्न प्रहरीका टोलीहरु परिचालन गरिरहेका छौं, हामी कुनै पनि हालतमा बच्चालाई सकुशल उद्दार गरेरै छाड्छौं ।

’प्रहरीले बच्चा सम्पर्कमा नआएपछि अपहरणको आशंकामा केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिएको छ । ‘घटनाका विषयमा अहिले सबै कुरा खोल्न मिल्दैन । हामीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छौं, कुनैपनि हालतमा बच्चाको उद्दार गरेर दोषीलाई कारबाहीको दायरमा ल्याउने गरी सबै टोलीहरु परिचालन भएका छन् ।

Previous articleआज करवा चौथ पर्व मनाइदै
Next articleनिर्वाचन क्षेत्रको ४ करोड रुपैयाँ यसरी हुँदैछ खर्च

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here