रिहानिकाको बाल गीत सार्वजनिक

नेपालगञ्ज । सानी बालिका रिहानिका बडुको ‘ए बि सि डि, क ख ग पढ्ने बानी राम्रो’ भन्ने बोलको बाल गीत ल्याउनुभएको छ । सानी बालिका आफ्नै डिभाइन गर्ल रिहानिका भन्ने यु ट्युव च्यानलमार्फत सो बाल गी सार्वजनिक भएको छ ।

घरमा रहेको सांगितिक वातावरणले होला निहारिका गीत सङ्गीतमा राम्रो रुचिका साथै दख्खल राख्नुहुन्छ । भनिन्छ नि हुने बिरुवाको चिल्लो पात, त्यस्तै निहारिकाको प्रतिभा सुनेर हेरेर सफल कलाकार बन्नेमा दुई मत छैन । रिहानिका चर्चित म्युजिक एरेन्जर केशव बडुको छोरी हुनुहुन्छ ।

रिहानिकाको आफ्नै आवाज र अभिनय रहेको उक्त गीतको शब्द उहाँकी आमा श्रेया बडुको रहेको छ भने लय तथा संगीत संयोजन उहाँका बुवा चर्चित एरेन्जर केशब बडुको रहेको छ ।

कक्षा २ मा पढ्ने रिहानिका गीत संगीतमा मात्र नभइ पढाइ र अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल हुनुहुन्छ । उहाँ कक्षामा प्रथम हुने गर्नुभएको छ । रिहानिकाको यो गीत गाउने आवाज भने इश्वरीय उपहार रहेको बुबा केशवको भनाई छ ।

Previous articleनेपालगञ्ज-४ मा किरियापुत्री भवन सिलान्यास
Next articleबाँकेमा पहिलो पटक ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here