नेपालगञ्ज-४ मा किरियापुत्री भवन सिलान्यास

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-४ मा किरियापुत्री भवनको सिलान्यास गरिएको छ । वडा नम्बर-४ बासपार्क नजिकै रहेको शिव पार्वती मन्दिरको सामुन्ने सो किरियापुत्री भवन बन्न भएको हो ।

किरियापुत्री भवनको बिहीवार नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभएको छ । उद्घाटनमा बोल्दै नगर प्रमुख विष्टले नेपालगञ्जमा टड्कारोरुपमा रहेको किरियापुत्री भवन सबैको साझा प्रयास र सहभागिताबाट बन्ने कार्य आफैमा सराहनीय भएको बताउनुभयो ।

सर्बसाधारणलाई काजकिरिया गर्न सहजताका लागि बन्न थालेको किरियापुत्री भवन करिब ६० लाखको लगानीमा निर्माण गरिन लागिएको वडा अध्यक्ष गोपाल पुनले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका र वडा नम्बर-४ को सहयोग तथा समन्वय र विभिन्न व्यक्तित्वहरुको स्वःस्फूर्त सहयोगबाट किरियापुत्री भवन बन्न लागेको वडा अध्यक्ष पुनले बताउनुभये । के.एस.इन्जिनियरिङ्ग एण्ड विल्डर्सले निर्माण गर्न थालेको किरियापुत्री भवन दुई तलाको हुनेछ । शिलान्यास कार्यक्रममा वडा अध्यक्ष पुन, समाजसेवी एवम् दाताहरु माधवी शाह, डा.सावित्रा कक्षपति, माधवराम बर्मा लगायतले सामुदायिक सहभागितामा बन्न लागेको किरियापुत्री भवनमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिनुभएको थियो ।

उपमहानगरले ११ लाख, संकल्पकर्ता शाहले १० लाख दिने घोषणा गरेसंगै ११ हजारदेखि सहयोग गर्ने सयौंले घोषणा गरेका छन् । सो किरियापुत्री भवनमा क्रिया बस्ने पुरुष र महिलाहरुको छुट्टा छुट्टै बस्ने व्यवस्था रहनेछ ।

सिलान्यास कार्यक्रममा उपस्थिति नेपालगञ्जका मेयर, समाजसेवी, दाताहरु त्यस्तै रमेश गुप्ता, पुष्पराज गुरुङ लगायत सम्पुर्ण सहयोगी, मन्दिर व्यवस्थापन समितिका संरक्षक, मन्दिर सञ्चालक समिति, टोल विकास समिति सबैलाई यो कार्यमा सहभागि भएकोमा वडाअध्यक्ष पुनले दिनुभयो ।

Previous article१ अर्व लगानीमा नेपालगञ्जमा होटेल पौवा निर्माण शुरु
Next articleरिहानिकाको बाल गीत सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here