नेपालगञ्जमा जलवायु तथा विपद् जोखिम वित्त बीमा सम्बन्धी तालिम शुरु

नेपालगञ्ज । जलवायु तथा विपद् जोखिम वित्त बीमा सम्बन्धि नेपालगञ्जमा शुक्रबारदेखि तालिम शुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहको प्रमुख आतिथ्यतामा तीन दिने नौलो विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा सम्बन्धि आधारभुत तालिम शुरु भएको हो ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि नेपालमा पहिलो पटक नमुनाको रुपमा परीक्षण गरिएको सुचंकमा आधारित बाढी बीमा परियोजना कैलाली तथा बर्दियामा संंचालित छ ।

कर्णाली नदीको तल्लो जलाधार क्षेत्रअन्तर्गत कैलालीको जानकी गाउँपालिका, टीकापुर नगरपालिका तथा बर्दियाको राजापुर, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकामा कार्यरत सहकारीका प्रतिनिधिहरुका लागि तालिम संचालन गरिएको छ ।

प्राक्टिकल एक्सन तथा उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त सहकार्यमा आयोजनामा गरिएको सहकारीका उपाध्यक्ष शशि श्रेष्ठले बताउनुभयो ।

प्राक्टिकल एक्सनका वरिष्ठ परियोजना अधिकृत चक्रबहादुर बमले तालिमबाट जोखिम क्षेत्रमा रहेका सहकारीहरुको विपद् तथा जलवायु जोखिम बीमा सम्बन्धि क्षमता वृद्धि गर्नुका साथै विपद् जोखिम वित्त बीमा संचालनका लागि आवश्यक प्रकृया तथा सुंचकांकमा आधारित बाढी बीमा कार्यक्रममा सहभागीको क्षमता वृद्धि गरिने बताउनुभयो ।

तालिमलाई विपद् विज्ञ लाल पोख्रेल, चक्रबहादुर बम, हेमन्तराज जोशी, बीमा विज्ञहरु तथा पूर्व सूचना विज्ञहरुले सहजीकरण गर्नुभएको छ ।

Previous articleपेट्रोलियम पदार्थको मूल्य घट्याे
Next articleबाँकेमा ६ लाख बराबरको अबैध कुखुराको चल्ला बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here