बाँकेमा ६ लाख बराबरको अबैध कुखुराको चल्ला बरामद

नेपालगञ्ज । बाँकेमा अबैध रुपमा नेपाल भित्रिएको ठुलो परिमाणको कुखुराको चल्ला बरामद भएको छ । बाँके प्रहरीले शनिबार बिभिन्न स्थानबाट अबैधरुपमा नेपाल भित्रिएको ५९ पेटी बोइलर कुखुराको बच्चा बरामद गरेको हो ।

बिशेष सूचनाका आधारमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१८ को भुजईगाउँ, वडा नं-२० को राँझा र डुडुवा गाउँपालिका वडा नं-६ को हिरमिनिया क्षेत्रमा चेकजाँच गर्दा ५ हजार ९ सय वटा कुखुराको चल्ला नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले ढुवानीमा संलग्न एक अटो समेत नियन्त्रणमा लिएको छ । सबै सामानको अन्दाजी मुल्य १२ लाख ४० हजारको रहेको उक्त सामान कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालयमा बुझाइएको छ ।

साथै नेपालगञ्ज १८ स्थित कारकाँदोबाट अबैध रुपमा रहेको ८ केजी माछा समेत बरामद गरि कारवाहीका लागि क्वारेन्टाईन बुझाएको छ ।

Previous articleनेपालगञ्जमा जलवायु तथा विपद् जोखिम वित्त बीमा सम्बन्धी तालिम शुरु
Next articleलैङ्गिक रुपान्तरण र सुरक्षित विद्यालय निर्माणका लागि सरोकारवालाको जागरुक्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here