
नेपालगञ्ज । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो ।
निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेल दुई रूपैयाँ घटाएको जानकारी दिएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो ।
निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ २२ पैसा र डिजेलमा २ रूपैयाँ ०६ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ । खाना पकाउने ग्याँसको मुल्य भने यथावत छ ।





