पत्रकारलाई दुव्र्यवहार गर्ने सुरक्षागार्डलाई कारवाही गर्न महासंघ प्रदेशको माग

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश लगायत संघ संगठनले समाचार संकलन गर्न पुगेका पत्रकारलाई दुव्र्यवहार गर्ने भेरी अस्पतालका सुरक्षागार्डलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

महासंघ लुम्बिनी प्रदेशले समाचार संकलन गर्न भेरी अस्पताल पुगेका पत्रकार अभिषेक गुप्तामाथि सुरक्षागार्डद्वारा भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पताले घट्नालाई सामान्य बनाउनुका साटो स्वतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने संसय उत्पन्न गरेको भन्दै प्रशासनले जारी गरेको सूचना तत्काल सच्याउन समेत महासंघले माग गरेको छ ।

स्वास्थ्य क्षेत्रको संवेदनशीलता पत्रकारले बुझ्ने कुरा स्वाभाविक हो तर अस्पताल प्रशासनले समाचार, सूचना र तस्विर संकलन गर्ने कुरामा संविधानप्रदत अधिकारमाथि लगाम लगाउने कुरा कुनै हालतमा स्वकार्य नहुने महासंघले जनाएको छ । महासंघ प्रदेशका महासचिव बिक्रम खड्काद्वारा जारी प्रेस विज्ञप्तीमा निर्वाध समाचार संकलनको वातावरण बनाई पत्रकारमाथि गरिने यस्ता खालका दुव्र्यवहार बन्द गर्न जोडदार माग गरिएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ बाँके, नेपाल प्रेस युनियन बाँके, प्रेस चौतारी नेपाल बाँके, अवधी पत्रकार संघ नेपाल, मधेश मिडिया मिसन नेपाल बाँके लगायतले घट्नामा दोषीलाई अस्पताल प्रशासनले कारवाही गरी जारी गरिएको सूचना सच्याउन माग गरेका छन् । पत्रकार गुप्तामाथि २०८० चैत्र १ गते दिउँसो समाचार संकलनका क्रममा सुरक्षागार्डले दुव्र्यवहार गर्दै क्यामेरा खोस्ने प्रयास गरेका थिए ।

यसैबीच दांङका पत्रकार सुदन थापामाथि प्रहरीद्वारा भएको दुव्र्यवहार घट्नाप्रति महासंघ लुम्बिनी प्रदेशले निन्दा र भत्र्सना गरेको छ । स्थानीय बुद्ध अस्पतालमा एक बालकको मृत्युपछि आफन्तहरुले गरेको प्रर्दशनको समाचार संकलन गर्न पुगेका पत्रकार थापामाथि प्रहरीले दुव्र्यवहार गरेको थियो ।

Previous articleनेपालगञ्जमा पहिलोपटक मेरुदण्ड रोग सम्बन्धि कार्यशाला
Next articleलोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा पुनः कृष्ण चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here